प्रत्यायोजित व्यवस्थापन अध्ययन शाखा
परिचय
संवैधानिक व्यवस्था अनुसारका ऐन निर्माण भए नभएको र ऐनले प्रत्यायोजन गरेको व्यवस्था अनुसारका अन्य कानूनहरु वने नवनेको सम्वन्धमा अध्ययन गरी सम्बन्धित समिति समक्ष सिफारिश गर्न यस शाखाको गठन भएको हो ।
काम, कर्तव्य र अधिकार
यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
- संवैधानिक व्यवस्था अनुसार बन्नु पर्ने कानून निर्माण भए नभएको सम्बन्धमा अध्ययन गर्ने,
- प्रचलित ऐनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी बनेका नियमहरु उक्त ऐनको परिधिभित्र बनेका छन् छैनन् सोको अध्ययन गर्ने,
- विभिन्न कानूनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी बनाइएको विनियम, निर्देशिका, कार्यविधि जुन कानून अन्तर्गत निर्माण भएका हुन् सोको परिधिभित्र बनेका छन् छैनन् अध्ययन गर्ने,
- नेपाल सरकारद्वारा विभिन्न कानून अन्तर्गत गठन आदेशद्वारा जारी गरिएका आदेशहरु कानून सम्मत छन् छैनन् अध्ययन गर्ने,
- ऐन, नियम, विनियम वा गठन आदेशहरुको प्रकाशनमा विलम्ब भए नभएको सम्बन्धमा अध्ययन गर्ने,
- माथी उल्लिखित विषयहरुको अध्ययन गरी अध्ययन प्रतिवेदन सम्बन्धित समिति समक्ष सिफारिश गर्ने ।