पुस्तकालय शाखा


परिचय

माननीय सदस्यहरुलाई अध्ययन सामाग्रीको व्यवस्थापन गर्ने उद्देश्यले यस शाखाको गठन भएको हो ।

काम, कर्तव्य र अधिकार

यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :

  • विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा संस्थावाट प्रकाशित प्रकाशनहरु नियमित रुपमा झिकाई अध्ययनको लागि उपलब्ध गराउने,
  • पुस्तकालयको विकासको लागि योजना तथा कार्यक्रम बनाउने,
  • पत्रपत्रिका तथा आवश्यक अध्ययन सामाग्रीको व्यवस्था गर्ने,
  • पुस्तकालयमा वाचनालयको उचित प्रवन्ध गर्ने,
  • पुस्तकालयलाई अटोमेशनबाट सञ्चालन गर्ने सम्वन्धी कार्य गर्ने,
  • संसदीय गतिविधि सम्बन्धी श्रब्य दृश्य साधनहरुलाई वैज्ञानिक ढंङ्गले व्यवस्थित गरी अद्यावधिक गरी राख्ने,
  • संसदीय इतिहास तथा गतिविधिसँग सम्बन्धित सामग्रीहरुको संकलन गरी संग्राहालयको रुपमा व्यवस्थित गर्ने,
  • मित्र राष्ट्रहरुका संसदीय पुस्तकालयबाट सचिवालयको अवाश्यकताका आधारमा प्रकाशनहरु झिकाउने र आफ्नो प्रकाशनहरु पनि पठाउने,
  • सांसदहरुको पुस्तकालय पहुँच सम्बन्धी दक्षता तथा क्षमता अभिबृद्धिमा आवश्यक सहयोग गर्ने,
  • पुस्तकालयलाई उपलब्ध हुने विभिन्न अध्ययन सामाग्रीहरुको समुचित व्यवस्था साथ राख्ने राख्न लगाउने,
  • संसद सम्बन्धी विभिन्न देशका कानुनहरु, जर्नलहरु व्यवस्थित गरी राख्ने,
  • अध्ययन र अनुसन्धानको लागि विभिन्न सामाग्रीहरु तयार गरी राख्ने,
  • बार्षिक रुपमा खरीद गर्नुपर्ने पुस्तक तथा पत्रपत्रिकाहरुको सूची तयार गर्ने,
  • पुस्तकालयमा रहेका पुस्तकहरुको विषयगत तथा लेखक अनुसार क्याटलगिङ्ग गर्ने गराउने,
  • विभिन्न देशका संसद सम्बन्धी श्रव्य दृश्य साधनहरु तथा प्राप्त उपहारहरु संकलन गरी प्रदर्शन गर्ने।