सांसद सुविधा व्यवस्थापन शाखा
परिचय
संघीय संसदका सदस्यहरुलाई कानूनद्वारा निर्देशित सेवा सुविधाहरु सकेसम्म एकै स्थानबाट प्रदान गर्नु यो शाखाको मुख्य कार्य हो ।
काम, कर्तव्य र अधिकार
शाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ –
- सांसद तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्बन्धी आवश्यक कार्य गर्ने,
- अधिवेशनको आव्हान सम्बन्धी आवश्यक कार्य गर्ने,
- सांसदहरुलाई वितरणका लागि प्राप्त चिठी पत्र तथा सामाग्रीहरु सम्बन्धित पदाधिकारीहरुलाई उपलब्ध गराउने,
- सांसदहरुको दस्तखत नमूना संकलन तथा दस्तखत प्रमाणित गरी राख्ने,
- निर्वाचन क्षेत्र वा बसोबास भएको जिल्लाको वस्तुस्थितिको आवश्यक भ्रमण प्रतिवेदन सांसदहरुबाट प्राप्त गरी तत् सम्बन्धी आवश्यक कारवाही गर्ने, गराउने,
- सांसदहरुलाई हवाई मार्गबाट यात्रा गर्दा आवश्यकतानुसार सरकारी सीटको व्यवस्था मिलाउने,
- अधिवेशनको अन्त्य भएपछि आयोजना गरिने जलपान समारोहको व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- सांसदहरुको जीवनी तयार गरी त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउने,
- सांसद तथा संसदका पदाधिकारीहरुको स्वकीय कर्मचारीहरुको अभिलेख राखी परिचय पत्र तयार गर्ने,
- सांसदहरुलाई दिइने पारिश्रमिक, टेलिफोन, घर भाडा, स्वास्थ्योपचार र यस्तै अन्य सुविधा सम्बन्धी काम गर्ने ।