संसदीय प्रशिक्षण शाखा
परिचय
माननीय सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस शाखाको गठन भएको हो।
काम, कर्तव्य र अधिकार
यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
- तालीम तथा जनशक्ति विकास सम्बन्धी नीति निर्माण गर्ने कार्यमा सहयोग गर्ने,
- तालिम आवश्यकताको पहिचान गर्ने कार्यमा सहयोग पुर्याउने,
- संसदीय प्रशिक्षण सम्वन्धी वार्षिक क्यालेण्डर तयार गरी लागू गर्ने,
- माननीयहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्ने,
- प्रदेश सभाका सदस्यहरुलाई आवश्यकतानुसार अभिमुखीकरण तालिम दिने,
- क्षमता अभिवृद्धिका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने, तालिम कार्यक्रम सञ्चालन गर्ने तथा उपलब्धीको मूल्याङ्कन गर्ने,
- सांसदको क्षमता अभिवृद्धिसँग सम्वन्धित छलफल, अन्तरक्रिया कार्यक्रम आदिको सञ्चालन गर्ने, गराउने,
- अन्तराष्ट्रिय स्तरका तालीम कार्यक्रमको खोजी गरी उपयुक्तताका आधारमा मनोनयनका लागि सिफारिश गर्ने व्यवस्थाका लागि वैदेशिक सहयोग समन्वय शाखासँग आवश्यक समन्वय गरी काम गर्ने,
- संघीय संसदका सदस्यहरुको तालिमका लागि आधिकारिक रुपमा तालिम दिने संस्थाहरुसंग समन्वय गरि दक्षता अभिबृद्धि गर्ने,
- तालीम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्बन्धमा वार्षिक कार्यतालिका तथा क्यालेण्डर तयार गर्ने ।