कर्मचारी प्रशिक्षण शाखा
परिचय
स्वदेशी एवं वैदेशिक तालिम कार्यक्रम मार्फत कर्मचारीहरुको स्तर उन्नती गर्ने कार्यका लागि यस शाखाको गठन भएको हो ।
काम, कर्तव्य र अधिकार
यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
- तालिम सम्बन्धी नीति निर्माण गर्ने कार्यमा सहयोग गर्ने,
- तालिम आवश्यकताको पहिचान गर्ने कार्यमा सहयोग पुर्याउने,
- कर्मचारी प्रशिक्षण सम्वन्धी वार्षिक क्यालेण्डर तयार गरी लागू गर्ने,
- तालिम सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने, तालीम कार्यक्रम सञ्चालन गर्ने तथा उपलब्धीको मूल्याङ्कन गर्ने,
- अन्तर्राष्ट्रिय स्तरका तालीम कार्यक्रमको खोजी गरी उपयुक्तताका आधारमा मनोनयनका लागि सिफारिश गर्ने व्यवस्थाका लागि वैदेशिक सहयोग समन्वय शाखासँग आवश्यक समन्वय गर्ने,
- स्वदेशी तथा विदेशी तालिम कार्यक्रम सम्बन्धमा आवश्यक कार्य गर्ने,
- राष्ट्रिय स्तरको तालिमका लागि आधिकारिक रुपमा तालिम दिने संस्थाहरुसंग समन्वय गरी सचिवालयको आवश्यकता अनुसार तालिम प्रदान गर्ने व्यवस्था मिलाउने,
- तालीम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्वन्धी वार्षिक विवरण तयार गरी पेश गर्ने,
- संघीय संसदका बैठकहरुमा मन्त्रालयबाट आउने कर्मचारीहरुलाई आवश्यकतानुसार अभिमुखीकरण तालिम सञ्चालन गर्ने ।