नागरिक सम्बन्ध शाखा
परिचय
सांसद र जनताको वीचको पुलको रुपमा कार्य गर्नका लागि यस शाखाको गठन भएको हो ।
काम, कर्तव्य र अधिकार
यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
- संसदीय गतिविधिबारे नागरिक समक्ष सूचना प्रवाह गर्ने, गराउने,
- सभाका महत्वपूर्ण बैठकका गतिविधिहरुलाई टेलिभिजन तथा रेडियो मार्फत प्रत्यक्ष प्रसारण गरी आम नागरिकसम्म पु-याउन आवश्यक व्यवस्था मिलाउने,
- संसद र संसदीय प्रणालीको विषय विद्यालयको पाठ्यपुस्तकमा समावेश गर्न पहल गर्ने,
- नागरिकहरुको लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सोको लागि आवश्यक व्यवस्था मिलाउने,
- सरकारका विभिन्न निकायहरुले सञ्चालन गर्ने तालिम कार्यक्रमको पाठ्यक्रममा संसदीय विषय समावेश गराउन आवश्यक पहल गर्ने,
- संसद पुस्तकालय, संसद संग्राहालय, संसदका बैठक लगायत संसदीय पद्धति र अभ्यासबारे जानकारी राख्न आउने व्यक्तिहरुको प्रवेश पास सम्वन्धी नीतिगत व्यवस्थाहरु तय गरी पेश गर्ने,
- नोडल अधिकृतको कामहरु गर्ने, गराउने,
- सभा र सचिवालयसँग सम्बन्धित अन्य जनसरोकारका कार्यहरु गर्ने,
- सचिवालयले आयोजना गर्ने सभा, गोष्ठी, सेमिनार आदिको प्रचार प्रसार गर्ने, गराउने,
- दीर्घकालमा सविचालय मार्फत संसदीय रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सम्वन्धमा आवश्यक कार्य गर्ने।