राष्ट्रिय सभाको बैठक २०७७ असार १५ गते सोमवार दिनको १:०० बजे



संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - 3२

२०७७ असार १५ गते सोमवार

दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

राष्ट्रपतिको कार्यालयको पत्र

 

१.

सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त देहाय बमोजिमका विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेः-

 

(क)

 शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६ ।
 

(ख)

खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ ।

 

(ग)

रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६।

   

प्रतिवेदन पेश

 

२.

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका माननीय सभापति रामनारायण विडारीले “राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७” सभा समक्ष पेश गर्नुहुने ।

   

व्यवस्थापन कार्य

 

३.

माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

४.

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव