राष्ट्रिय सभाको बैठक २०७७ असार १८ गते बिहीवार दिनको १:०० बजे



संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - 3४

२०७७ असार १८ गते बिहीवार

दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

राष्ट्रपतिको कार्यालयको पत्र

 

१.

सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त देहाय बमोजिमका विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेः-

 

(क)

विनियोजन विधेयक, २०७७

 

(ख)

आर्थिक विधेयक, २०७७

 

(ग)

राष्ट्र ऋण उठाउने विधेयक, २०७७

 

(घ)

ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७

 

(ङ)

केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ 

   

व्यवस्थापन कार्य

 

२.

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेशकुमार भट्टराईले “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७” सभा समक्ष पेश गर्नुहुने ।

३.

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७७ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

४.

माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

     
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव