International Relations and Tourism Committee
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति :-
नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन तथा सरकारबाट भए गरेका कामकारवाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन समेतका लागि संविधानको धारा ९७ बमोजिम् प्रतिनिधि सभामा तोकिएको कार्यक्षेत्र बमोजिमका समितिहरू क्रियाशिल छन । यस सन्दर्भमा अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको कार्यक्षेत्र अन्तर्गत परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र सम्बद्ध विषय तथा निकाय पर्दछन ।
समितिको काम, कर्तव्य र अधिकार संक्षेपमा देहाय बमोजिम रहेको छ :-
- समितिको कार्यक्षेत्र अन्तर्गत पर्ने मन्त्रालय तथा निकायसँग सम्बन्धित विधेयक उपर दफावार छलफल गर्ने,
- मन्त्रालय वा सो अन्तर्गतका निकायको नीति तथा कार्यक्रम, श्रोत परिचालन व्यवस्थापन र अन्य क्रियाकलापको मूल्यांकन गरि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
- मन्त्रालय वा सो अन्तर्गतका निकायको राजस्व र व्यय सम्बन्धी अनुमानको जाँच गरी बार्षिक अनुमान तयार गर्ने तरिका बार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने बैकल्पिक नीति र बार्षिक अनुमानमा रहेको रकममा के कति किफायती गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई निर्देशन दिने र आफ्नो राय सहित बार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,
- मन्त्रीले बैठकमा दिएका आश्वासनलाई पूरा गर्न के कस्ता कदम उठाएका छन् सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
- कार्यक्षेत्र अन्तर्गतका निकायहरुको सार्वजनिक सम्पत्तिको हिनामिना भएनभएको अध्ययन ,अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन दिने,
- कार्यक्षेत्र अन्तर्गको ऐनले प्रत्यायोजन गरे अनुरुप नियम ,कार्यविधि बनेका छन वा छैनन ,ऐनको कार्यान्वयनको अवस्था समेतको मूल्यांकन गरी सम्बन्धित निकायलाई निर्देशन दिने,
- सर्वसाधारणबाट प्राप्त उजुरीको सुनुवाई गर्ने,
- सम्बद्ध मन्त्रालय वा निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्यांकन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने,
- कानून कार्यान्वयनको मापन सम्बन्धी कार्य गर्ने,
- समितिले दिएका निर्देशन कार्यान्वयन भए नभएको अनुगमन मूल्यांकन गरी सो को प्रतिवेदन सभामा पेश गर्ने,
- बैठकले सुम्पेका अन्य काम गर्ने,
- समितिको सिफारिशमा बजेटको परिधिभित्र रही कार्यक्रम सञ्चालन गर्ने ।