नेपालको संविधानको धारा १०७ बमोजिम संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न संघीय संसद सचिवालय रहेको छ। यस सचिवालयको मुख्य जिम्मेवारी र कार्य संघीय संसद र यसका दुवै सदनका कार्यहरुमा प्रशासकीय सहयोग गर्नु हो। २०७२ असोज ३ गते नेपालको संविधान जारी हुनु अघि संविधानसभाको सचिवालयको रुपमा संविधानसभा/व्यवस्थापिका-संसद सचिवालयको रुपमा स्थापित सचिवालय नै हाल संघीय संसद सचिवालयको रुपमा रहेको छ।
संघीय संसद सचिवालय एक प्रशासनिक निकाय हो र सचिवालयलाई सञ्चालन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था संघीय संसद सचिवालय सम्वन्धी ऐन, २०६४ मा रहेको छ:
(क) सभामुख – सभापति
(ख) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ग) उपसभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको उपाध्यक्ष - सदस्य
(ङ) महासचिव – सदस्य
(च) प्रतिनिधि सभाको सचिव – सदस्य
(छ) राष्ट्रिय सभाको सचिव – सदस्य
(ज) सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) – सदस्य
(झ) सचिवालय सचिव (प्रशासन) – सदस्य – सचिव
संघीय संसद सचिवालयका मुख्य कार्यहरु
सचिवालयको प्रमुख उद्देश्य भन्नु नै संघीय संसदको काम कारवाहीलाई आवश्यक पर्ने प्रशासनिक, व्यवस्थापकीय एवं प्राविधिक सहयोग उपलब्ध गराउनु हो। वुँदागत रुपमा सचिवालयका प्रमुख कार्यहरु देहाय वमोजिमका रहेका छन्ः