शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/०२/३१ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१. स्वास्थ्य क्षेत्रको अवस्था, दादुरा/बर्नलगायतका समस्या एवम् चुनौतीका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका माननीय मन्त्रीलगायत सचिवसँग छलफल,
२. विविध
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०२/३१ गते बुधबार,
समय: बिहानको ११:००बजे
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्ष, (भवन नं.-२, भूइँतल्ला) ।
आमन्त्रण
-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय