शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/०५/२१ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१. समितिमा आएका शिक्षासम्बन्धी उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) र सरोकारवालाहरुसँग छलफल,
२. विविध
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०५/२१ गते बिहीबार
समय: विहानको १०:३० बजे
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्ष, (भवन नं.-२, भूइँतल्ला) ।