शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/०६/०७ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१. MBBS अध्ययनरत एवम् अनसनरत विद्यार्थीहरुको समस्याका सम्बन्धमा त्रि.वि. उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानसँग छलफल,
२. विविध
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०६/०७ गते आइतबार
समय: बिहानको ११:०० बजे
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्ष, (भवन नं.-२, भूइँतल्ला) ।