शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/०६/१२ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको कार्यसूची
१. चिकित्सकहरुमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँग छलफल,
२. विविध
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०६/१२ गते शुक्रबार
समय: बिहानको १०:०० बजे ।
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्ष, (भवन नं.-२, भूइँतल्ला) ।