Parliamentary Hearing Committee
संक्षिप्त परिचय:
कार्यकारिणीले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरु तथा पदाधिकारीहरुको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिका द्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेहि तुल्याउने लोकतान्त्रिक प्रकृया संसदीय सुनुवाइ हो । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने छ भन्ने व्यवस्था गरिएको छ ।
उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान छ ।यसैगरी सोही धाराको उपधारा (३) मा उपधारा (२) बमोजिमको गठित संयुक्त समितमा रहने सदस्यले संघीय संसदको उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भइ बहस पैरवी गर्न नपाउने प्रावधान राखिएको छ ।
समितिको गठनः
नेपालको संविधानको धारा २९२ को उपधारा (२) को संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को नियम २५ बमोजिम प्रतिनिधि सभाका १२ जना माननीय सदस्य र राष्ट्रिय सभाका 3 जना माननीय सदस्य रहने प्रावधान रहेको छ।
समिति सदस्यहरुको विवरणःक्र.सं | मा.सदस्यहरुको नाम,थर | जिल्ला/प्रदेश | सम्बद्ध दल | सम्पर्क नं | सभा |
|
मा. आनन्द प्रसाद ढुँगाना | मधेश | नेपाली कांग्रेस | 9851166605 | राष्ट्रिय सभा |
|
मा. ईश्वरी घर्ती | रोल्पा | ने.क.पा. एमाले | ९८५७८२४१६५ | प्रतिनिधि सभा |
|
मा. ईश्वरीदेवी न्यौपाने | कैलाली | नेपाली कांग्रेस | ९८५१२४२१०१ | प्रतिनिधि सभा |
|
मा. जग प्रसाद शर्मा | लुम्बिनी | ने.क.पा.माओवादी केन्द्र | ९८५१२०६७८९ | राष्ट्रिय सभा |
|
मा. जनार्दन शर्मा | रुकुम पश्चिम-१ | ने.क.पा.माओवादी केन्द्र | ९८५११००४४३ | प्रतिनिधि सभा |
|
मा. जीवन परियार | कास्की | नेपाली कांग्रेस | ९८५१०६३७२९ | प्रतिनिधि सभा |
|
मा. डोल प्रसाद अर्याल | काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी | 9851022875 | प्रतिनिधि सभा |
|
मा. पशुपति शमशेर ज.ब.रा. | सिन्धुपाल्चोक | राष्ट्रिय प्रजातन्त्र पार्टी | ९८५१०४८९५० | प्रतिनिधि सभा |
|
मा. प्रकाश अधिकारी | सिराहा | जनता समाजवादी पार्टी, नेपाल | ९८५१०६८८०२ | प्रतिनिधि सभा |
|
मा. भगवती न्यौपाने | गण्डकी | ने.क.पा. एमाले | 9856063902 | राष्ट्रिय सभा |
|
मा. महेश कुमार बर्तौला | मकवानपुर-2 | ने.क.पा. एमाले | ९८५११७१४५७ | प्रतिनिधि सभा |
|
मा. लिलानाथ श्रेष्ठ | सिराहा-3 | ने.क.पा. एमाले | ९८५२८३०२९१ | प्रतिनिधि सभा |
|
मा. श्याम कुमार घिमिरे | सिन्धुली-1 | नेपाली काङ्ग्रेस | 9851074435 | प्रतिनिधि सभा |
|
मा. सुनिता बराल | झापा | ने.क.पा. एमाले | 9851038123 | प्रतिनिधि सभा |
|
मा. ज्ञानेन्द्रबहादुर कार्की | सुनसरी-4 | नेपाली कांग्रेस | ९८५१०१४९४० | प्रतिनिधि सभा |
प्रतिनिधि सभाबाट सदस्य मनोनित भएको मितिः- 2080/02/14 | |||||
राष्ट्रिय सभाबाट सदस्य मनोनित भएको मितिः- 2080/02/14 | |||||
प्रतिनिधि सभाबाट अन्तिम पटक सदस्य हेरफेर भएको मितिः- 2081/04/08 | |||||
राष्ट्रिय सभाबाट अन्तिम पटक सदस्य हेरफेर भएको मितिः- 2081/04/15 |
समितिको सभापति:
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम (४) मा समितिका सदस्यहरुले आफुमध्येबाट समितिको सभापतिको चयन गर्ने व्यबस्था छ ।
समितिको कार्यक्षेत्र:
नेपालको संविधानको धारा २९२ को उपधारा (१) को व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बमोजिम देहायका पदाधिकारीको संसदीय सुनुवाइ गरिने :
- संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
- सर्वोच्च अदालतका न्यायाधीश,
- न्याय परिषदका सदस्य,
- संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
- राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
समितिको बैठक :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठक आवश्यकता अनुसार सभापतिले बोलाउने ब्यवस्था रहेको छ ।
गणपूरक सङ्ख्या :
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ४ मा समितिको बैठकमा गणपुरक संख्या सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
- समितिको बैठक बस्नका लागि समितिका सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ मा समितिको बैठकको निर्णय सम्बन्धी देहायबमोजिमको व्यवस्था रहेको छः
- उपनियम १ बमोजिम प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ ।
संघीय संसद सचिवालय अन्तर्गत संसदीय सुनुवाइ समितिको सचिवालय रहेको छ । महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुने व्यवस्था नियमावलीमा रहेको छ । तर महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान छ ।
समितिको सचिवालयमा कार्यरत कर्मचारीहरुः
क्र.सं. | नाम, थर | पद | सम्पर्क नं. | ईमेल |
---|---|---|---|---|
१. | पद्म प्रसाद पाण्डेय | संघीय संसदको महासचिव | 9851210122 | pdmpandey@gmail.com |
२. | निर्मलादेवी लामिछाने वस्ती | सहसचिव | 9841701435 | ndlosti@gmail.com |
३. | सिर्जना बराल | उपसचिव | 9843424158 | baralsiru2014@gmail.com |
४. | नवीन भट्टराई | शाखा अधिकृत | 9852681241 | nabin.nrm@gmail.com |
५. | कल्याणी घिमिरे | शाखा अधिकृत | 9843355884 | gkalyanee70@gmail.com |
६. | मनोज रिमाल | नायब सुब्बा | 9864986918 | rimalmanoj2057@gmail.com |
7. | डालिमा कुमाल | कार्यालय सहयोगी | 9841458729 |
कार्यालय | सम्पर्क | |
संसदीय सुनुवाइ समितिको सचिवालय सिंहदरबार भवन नं. २, तेश्रो तल्ला,कोठा नं. ४११ |
फोन नं. ०१-४२००२७७ Email:parl_hearing@parliament.gov.np URL: parliament.gov.np |