State Affairs and Good Governance Committee

 

१. समितिको परिचय                                             
प्रतिनिधि सभाको नियमित कामकारवाहीमा सहयोग पुर्‍याउन, नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको नियमित अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम गठन भएका विभिन्‍न समितिहरुमध्ये राज्य व्यवस्था तथा सुशासन समिति पनि एक हो । यस समितिले आफ्नो अधिकारक्षेत्रका विषयमा कानुन निर्माण गर्नुका अतिरिक्त सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापना लगायत विभिन्‍न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिँदै आएको छ ।
२. समितिको गठन
नेपालको संविधानको धारा ९७ को उपधारा १ मा प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानुन बमोजिम समितिहरू गठन गर्न सक्नेछन् भन्‍ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा विषयगत समितिको व्यवस्था रहेको छ । उक्त नियमावलीको नियम १७५ मा विषयगत समिति गठन अन्तर्गत प्रतिनिधि सभा अन्तर्गतका प्रत्येक समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ । त्यसैगरी प्रधानमन्त्री सबै समितिको  र समितिको कार्यक्षेत्रसित सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने तथा समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासि जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्व गराइने, मन्त्री बाहेक कुनै सदस्य एकै साथ एकभन्दा बढी विषयगत समितिको सदस्य हुन नसक्ने जस्ता व्यवस्था रहेको छ । यिनै व्यवस्था बमोजिम २०८० साल वैशाख १५ गतेको प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति गठन भएको हो ।
३. समितिको कार्यक्षेत्र
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा व्यवस्था भए बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र अन्तर्गत देहायका निकायहरू रहेका छन् :-
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
  • गृह मन्त्रालय,
  • रक्षा मन्त्रालय,
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  • लोक सेवा आयोग,
  • निर्वाचन आयोग र
  • सम्बद्ध विषय तथा निकाय ।
४. माननीय सदस्यहरुको नामावली तथा दलीय सम्बद्धता
 समितिमा रहनुभएका माननीय सदस्यहरुको दलीय सम्बद्धता सहितको नामावली देहाय बमोजिम रहेको  छ :-
 

क्र.सं.

नामावली

संसदीय दल

सम्पर्क नम्बर 

       
     

 

 
  
५. समिति सचिवालयमा कार्यरत कर्मचारी विवरण
 समितिको कार्यसम्पादनमा सहयोग पुर्याउन तथा समितिको कामकारवाहीलाई सुचारु रुपले सञ्‍चालनमा सहयोग गर्न यस समितिको छुट्टै सचिवालय रहेको छ । सचिवालयमा ६ जना कर्मचारीको दरबन्दी रहेतापनि हाल समिति सचिवालयमा देहायका ५ जना कर्मचारीहरु कार्यरत छन् :-
क्र.सं. नामावली पद
१. श्री कान्छा दुलाल सहसचिव
२. श्री नारायणप्रसाद ढकाल उपसचिव
३. श्री सदन राई शाखा अधिकृत
४. श्री पार्वती काफ्ले (दुलाल) कार्यालय सहयोगी (करार)
     
 
 
६. समिति एवम् सचिवालयको सम्पर्क ठेगाना
राज्य व्यवस्था तथा सुशासन समिति एवम् समिति सचिवालयको सम्पर्क ठेगाना देहाय बमोजिम रहेका छन् :-
सभापति/सचिव कार्यकक्ष सचिवालय
    फोन नं. : ४२००३४४
इमेल : sagc@parliament.gov.np
वेबसाइट: https://hr.parliament.gov.np/ np/ committees/State-Affairs-Committee
२.श्री कान्छा दुलाल (समिति सचिव) ४२०००५३