Business Arrangement Division (House of Representatives)

   महाशाखाले सम्पादन गर्ने कार्य बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –

  • कार्यव्यवस्था परामर्श समितिको वैठक व्यवस्थापन लगायत आवश्यक कार्य गर्ने,
  • प्रतिनिधि सभाको बैठकमा पेश हुने कार्यक्रम निर्धारण गरी दैनिक कार्यसूची तयार गर्ने गराउने,
  • दैनिक कार्यसूची अनुसार वाचनपत्र तयार गर्ने,
  • बैठकमा पेश हुने विभिन्न कार्यक्रमहरु व्यवस्थित गर्ने कार्यको सुपरिवेक्षण गर्ने,
  • प्रतिनिधि सभाको बैठकमा पेश हुने विधेयकको प्रस्तुति देखि पारित सम्मका चरणहरुलाई सुव्यवस्थित रुपमा बैठकको कार्यक्रममा राख्न लगाउने,
  • बैठकमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु सुव्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने,
  • बैठकको दैनिक कार्यसूची र सूचना पत्र तयार गर्न लगाई माननीय सदस्यहरुलाई उपलब्ध गराउने,
  • बैठकका कार्यक्रमहरुबारे सम्माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, महासचिवज्यू र सचिवज्यूलाई अवगत गराउने,
  • प्रतिनिधि सभाको प्रत्येक अधिवेशनको सम्पूर्ण विवरण तयार गर्न लगाउने,
  • दैनिक कार्यसूची, सूचना पत्र र कार्यवृत्त (जर्नल) सम्बन्धी अभिलेख पुस्तिका तयार गर्न लगाउने, र
  • सम्माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, महासचिवज्यू र सचिवज्यूबीच सम्पर्क शुत्रको रुपमा काम गर्ने ।