Delegated Legislation Studies Section
सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन, २०७२ को प्रस्ताव बमोजिम यस शाखाको स्थापना भएको हो। संसदबाट पारित विधेयकहरूको उद्देश्यको पूर्तिका लागि सो अन्तर्गतका विभिन्न नियम, विनियमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने जिम्मेवारी संसदले सरकारलाई दिएको हुन्छ। यसरी प्रत्यायोजन गरेको अधिकार बमोजिम नियम, विनियमहरू तयार भए नभएको, मुल विधायनसँग त्यस्ता नियम, विनियमहरू बाझिए, नबाझिएको लगायतका विषयहरू हेरी सम्बन्धित समिति समक्ष पेश गर्ने प्रयोजनका लागि यस शाखाको आवश्यकता उक्त प्रतिवेदनले औल्याएको थियो। यसै अनुरूप संवैधानिक व्यवस्था अनुसारका ऐन निर्माण भए नभएको र ऐनले प्रत्यायोजन गरेको व्यवस्था अनुसारका अन्य प्रत्यायोजित कानूनहरु बने, नबनेको सम्वन्धमा अध्ययन गरी सम्बन्धित समिति समक्ष सिफारिश गर्न यस शाखाको गठन भएको हो ।
यस शाखामा कार्यरत कर्मचारीहरु :
१. | उपसचिव (शाखा प्रमुख) |
श्री विमलराज जोशी |
२. | शाखा अधिकृत | श्री प्रवल पौडेल |
३. | नायब सुब्बा | श्री सकुन्तला भट्ट |
४. | कार्यालय सहयोगी (करार) | श्री रोशन कुमारी चौहान |
सम्पर्क नंः ०१–४२११९३४
इमेलः dl_study@parliament.gov.np