Delegated Legislation Studies Section

यस शाखाले सम्पादन गर्ने प्रमुख कार्यहरु :-

  • संवैधानिक व्यवस्था अनुसार बन्नु पर्ने कानून निर्माण भए नभएको सम्बन्धमा अध्ययन गर्ने,
  • प्रचलित ऐनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी बनेका नियमहरु उक्त ऐनको परिधिभित्र बनेका छन् छैनन् सोको अध्ययन गर्ने,
  • विभिन्न कानूनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी बनाइएको विनियम, निर्देशिका, कार्यविधि जुन कानून अन्तर्गत निर्माण भएका हुन् सोको परिधिभित्र बनेका छन् छैनन् अध्ययन गर्ने,
  • नेपाल सरकारद्वारा विभिन्न कानून अन्तर्गत गठन आदेशद्वारा जारी गरिएका आदेशहरु कानून सम्मत छन् छैनन् अध्ययन गर्ने,
  • ऐन, नियम, विनियम वा गठन आदेशहरुको प्रकाशनमा विलम्ब भए नभएको सम्बन्धमा अध्ययन गर्ने,
  • माथी उल्लिखित विषयहरुको अध्ययन गरी सो को अध्ययन प्रतिवेदन सम्बन्धित समिति समक्ष सिफारिश गर्ने ।