Internal Services and Planning Section

यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः– 

  • संसदको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने,
  • सचिवालयको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने,
  • सचिवालयको लागि मसलन्द तथा जिन्सी सामानहरुको व्यवस्थापन, भौतिक सम्पतिको संरक्षण र विकास गर्ने, 
  • संसद भवन सचिवालय आदिको लागि आवश्यक निर्माण योजना बनाउने,
  • संसदको दीर्घकालीन योजना तर्जुमा गर्ने,
  • सांसद आवास सम्बन्धमा आवश्यक कार्य गर्ने,
  • स्वीकृत बजेट अनुसार संसद र सचिवालयको लागि आवश्यक मालसामानहरुको खरिद र आपूर्ति सम्बन्धी व्यवस्था लाउने,
  • जिन्सी सामानहरुको अभिलेख अध्यावधिक गर्ने गराउने,
  • सचिवालय परिसरभित्र रहेका खानेपानी, ढल निकास, सरसफाई, बगैंचा व्यवस्थापन लगायतका कार्य गर्ने,
  • राष्ट्रिय महोत्सवको बेला आवश्यकतानुसार दिपावली गर्ने गराउने,
  • पदाधिकारी तथा कर्मचारीको नेमप्लेट र नेम वोर्ड अद्यावधिक गर्ने, गराउने ।