MP's Services Division

महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –

  • सांसद तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्बन्धी आवश्यक व्यवस्था मिलाउने,
  • अधिवेशनको आव्हानपत्र सांसदहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाउने,
  • सांसदलाई परिचयपत्र उपलब्ध गराउने,
  • सांसदहरुलाई वितरणका लागि प्राप्त चिठी पत्र तथा सामाग्रीहरु सम्बन्धित पदाधिकारीहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाउने,
  • सांसदहरुको दस्तखत नमूना संकलन गर्ने र आवश्यकता अनुसार दस्तखत प्रमाणित गर्ने, गराउने,
  • निर्वाचन क्षेत्र वा बसोबास भएको जिल्लाको वस्तुस्थितिको आवश्यक भ्रमण प्रतिवेदन सांसदहरुबाट प्राप्त गरी तत्सम्बन्धी आवश्यक कारवाही गर्ने, गराउने,
  • अधिवेशनको अन्त्य भएपछि आयोजना गरिने जलपान समारोहको व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • सांसदहरुको जीवनी तयार गरी त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउने,
  • स्वकीय सचिव सम्बन्धी नीति तर्जुमा गर्ने,
  • सांसदहरुलाई दिइने पारिश्रमिक, टेलिफोन, घर भाडा, स्वास्थ्योपचार र यस्तै अन्य सुविधा सम्बन्धी काम गर्ने ।