Office of Deputy Speaker
महाशाखाको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तोकिएका कार्यहरु सम्पादन गर्ने, गराउने जिम्मेवारी यस निजी सचिवालयको हुनेछ ।
काम, कर्तव्य र अधिकार
- माननीय उपसभामुखको निजी सचिवालयको आवश्यक व्यवस्थापन गर्ने,
- सचिवालयले उपलव्ध गराउनु पर्ने सेवा, श्रोत साधन उपलव्ध गराउन पहल गर्ने,
- माननीयको निर्देशन बमोजिम कार्य सम्पादन गर्ने,
- सचिवालयले माग गरे बमोजिमको सूचना उपलव्ध गराउने,
- भेटघाट तथा अन्य कार्यक्रमहरुको समय तथा विषयमा सम्वद्ध पदाधिकारी समक्ष पेश गरी निर्देशन बमोजिम काम गर्ने,
- पदाधिकारी उपस्थित हुनु पर्ने बैठक, सभा, गोष्ठी र सम्मेलनहरुको टिपोट बनाई मिति, समय उपस्थित हुनु पर्ने स्थान सहितको विवरण जानकारी गराउने र निर्धारित मिति र यथासमयमा स्मरण गराउने,
- पदाधिकारीहरुको तर्फबाट गरिने पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रमहरुको व्यवस्थापनका लागि सूचना केन्द्रसँग सम्वन्य गर्ने,
- पदाधिकारीको तर्फबाट जारी हुने प्रेस विज्ञप्ती तयार गरी उपलब्ध गराउने,
- पदाधिकारीको निर्देशन बमोजिम आवश्यकता अनुरुप सञ्चार सम्पर्क स्थापित गर्ने,
- पदाधिकारीको तहबाट निर्णय हुनु पर्ने फाइलको अभिलेख राख्ने र निर्णय भएको फाइल सम्वन्धित शाखामा पठाउने र निस्सा राख्ने,
- निजी सचिवालयको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने,
- सचिवालय तथा पदाधिकारीको निर्देशन बमोजिम अन्य कामहरु गर्ने ।
यस निजी सचिवालयमा कार्यरत कर्मचारीहरु :
१ |
श्री जगदिश न्यौपाने
उपसचिव |
![]() |
२ | श्री सुदर्शन गौतम प्रा.अधिकृत |
![]() |
३ | श्री नानीमैया धमनिया कार्यालय सहयोगी |
![]() |
सम्पर्क नंः ४२००२२७
इमेल : depspeaker_secretariat@parliament.gov.np