Office of Speaker
नेपालको संविधानको धारा ८३ बमोजिम सङ्घीय व्यवस्थापिका अन्तर्गत रहने दुर्इ सदनहरू मध्ये प्रतिनिधि सभा एक सदन हो । सोही सदनका सदस्यहरुबाट संविधानको धारा ९१ बमोजिम निर्वाचित भई प्रतिनिधि सभाको नेतृत्व गर्ने प्रमुख पदाधिकारी पद नै सभामुख हो। सभामुखको सङ्घीय संसद सचिवालयमा रहने कार्यालय नै सभामुखको निजी सचिवालय हो। सङ्घीय संसद् सचिवालयको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन, २०७२ मा प्रतिनिधि सभाका सम्माननीय सभामुखको निजी सचिवालय रहने व्यवस्था गरिएको छ। यो सचिवालय सङ्घीय संसद सचिवालयको प्रशासन महाशाखा अन्तर्गत रहेको छ। महाशाखाको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तोकिएका कार्यहरू सम्पादन गर्ने, गराउने जिम्मेवारी शाखाको हुनेछ ।
निजी सचिवालयका मुख्य कामहरु :
- सम्माननीय सभामुखको दैनिक कार्यतालिका, संसद बैठक, औपचारिक कार्यक्रम, भेटघाट तथा भ्रमणको कार्यतालिका निर्देशन बमोजिम तयार गर्ने ।
- सङ्घीय संसद् सचिवालयबाट संसद बैठकका लागि आवश्यक कागजात, विधेयक सम्बन्धी विवरण, विभिन्न प्रस्तावहरु, विभिन्न निर्णय तथा संसदीय प्रक्रिया लगायतका विषयमा जानकारी उपलब्ध गराउने कार्यमा समन्वय गर्ने ।
- सम्माननीय सभामुखको सचिवालयमा प्राप्त पत्रहरुको जानकारी तथा अभिलेख व्यवस्थापन गर्ने ।
- सङ्घीय संसद् सचिवालय, विभिन्न संसदीय समिति, मन्त्रालय तथा अन्य निकायसँग समन्वय गर्ने ।
- सांसद, कूटनीतिक नियोग, विदेशी प्रतिनिधिमण्डल तथा सर्वसाधारण लगायतसँगको भेटघाट मिलाउने ।
- सम्माननीयबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणको तयारी र व्यवस्थापन गर्ने ।
| १. | निजी सचिव | श्री मधु मिजार |
| २. | शाखा अधिकृत | श्री सुशिलकुमार खड्का |
| ३. | खरिदार | श्री इन्द्र कुमार राई |
| ४. | कार्यालय सहयोगी | श्री लक्ष्मी प्रसाद गिरी |
| ५. | कार्यालय सहयोगी | श्री कमला तिमिल्सिना |
| ५. | कार्यालय सहयोगी | श्री विनोद खरेल |