Parliamentary Training Section

यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :

 

  • तालीम तथा जनशक्ति विकास सम्बन्धी नीति निर्माण गर्ने कार्यमा सहयोग गर्ने,
  • तालिम आवश्यकताको पहिचान गर्ने कार्यमा सहयोग पुर्याउने,
  • संसदीय प्रशिक्षण सम्वन्धी वार्षिक क्यालेण्डर तयार गरी लागू गर्ने,
  • माननीयहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्ने,
  • प्रदेश सभाका सदस्यहरुलाई आवश्यकतानुसार अभिमुखीकरण तालिम दिने,
  • क्षमता अभिवृद्धिका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने, तालिम कार्यक्रम सञ्चालन गर्ने तथा उपलब्धीको मूल्याङ्कन गर्ने,
  • सांसदको क्षमता अभिवृद्धिसँग सम्वन्धित छलफल, अन्तरक्रिया कार्यक्रम आदिको सञ्चालन गर्ने, गराउने,
  • अन्तराष्ट्रिय स्तरका तालीम कार्यक्रमको खोजी गरी उपयुक्तताका आधारमा मनोनयनका लागि सिफारिश गर्ने व्यवस्थाका लागि वैदेशिक सहयोग समन्वय शाखासँग आवश्यक समन्वय गरी काम गर्ने,
  • संघीय संसदका सदस्यहरुको तालिमका लागि आधिकारिक रुपमा तालिम दिने संस्थाहरुसंग समन्वय गरि दक्षता अभिबृद्धि गर्ने,
  • तालीम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्बन्धमा वार्षिक कार्यतालिका तथा क्यालेण्डर तयार गर्ने ,
  • तोकिए बमोजिमको अन्य कार्य गर्ने।
शाखामा कार्यरत कर्मचारीहरुको विवरणः
सि.नं. पद नाम, थर
1. उपसचिव श्री बाबुराम वस्याल
2. शाखा अधिकृत श्री कृष्णप्रसाद पाण्डे
3. नायब सुब्बा श्री  अस्मिता कुमारी चौधरी
4. खरिदार श्री रबिन भण्डारी
5 कार्यालय सहयोगी श्री रोशनी रानामगर