Provincial Assembly Relations and Coordination Section
यस शाखाले गर्ने कार्यहरुलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
- संघको अधिकार सूचीमा रहेका विषयमा प्रदेश वा स्थानीय निकायसंग समन्वय गर्ने, गराउने,
- संघ र प्रदेशको साझा सूचीमा रहेका विषयमा प्रदेशसँग आवश्यक समन्वय गर्ने, गराउने,
- संघ, प्रदेश र स्थानीय निकायको साझा सूचीमा रहेका विषयमा प्रदेश र स्थानीय निकायसँग आवश्यक समन्वय गर्ने, गराउने,
- दुई वा दुई भन्दा बढी प्रदेशहरुका अधिकारका सूचीका सम्बन्धमा समन्वय कायम गर्ने गराउने,
- संघ र प्रदेश तथा स्थानीय निकायका सचिवालयकाबीच आवश्यक समन्वय कायम गर्ने, गराउने,
- सभाको कार्यसञ्चालन प्रक्रिया वा जनशक्ति व्यवस्थापन सम्बन्धमा प्रदेश सभा वा स्थानीय निकायबाट अनुरोध भै आएमा तत्सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
- प्रदेश वा स्थानीय निकाय सचिवालयमा माग भए वमोजिमको सहयोग पुर्याउने,
- प्रदेश वा स्थानीय निकाय सचिवालयका कर्मचारीलाई आवश्यकतानुसारको तालिम, प्रशिक्षण सम्वन्धी कार्यहरु गर्ने, गराउने ।