FAQ-
प्रश्न १ : आधिकारिक इमेल (Parliament Domain Email) कसरी प्राप्त गर्न सकिन्छ ?
उत्तर : माननीय सदस्यज्यूहरूलाई संसदको आधिकारिक डोमेन (@parliament.gov.np) मा इमेल ठेगाना प्राप्त गर्न निम्न प्रक्रिया अवलम्बन गर्न अनुरोध गरिन्छ ।
१. आफूले हाल प्रयोग गरिरहनुभएको व्यक्तिगत इमेल ठेगानाबाट itsection@parliament.gov.np मा इमेल पठाउनुहोस् ।
२. इमेलमा पूरा नाम (नेपाली र अंग्रेजी भाषामा), सम्बन्धित निर्वाचन क्षेत्र, प्रयोग गरिरहनुभएको व्यक्तिगत मोबाइल नम्बर समावेश गर्नुहोस ।
३. प्राप्त निवेदनको आधारमा संसद सचिवालयको IT शाखाबाट सोही इमेल ठेगानामा इमेल प्रयोग गर्ने वेब ठेगाना (Web Address), नयाँ आधिकारिक इमेल ठेगाना र प्रारम्भिक पासवर्ड प्रेषण गरिनेछ।
४. कुनै जिज्ञासा वा समस्या परेमा संसद सचिवालयको IT शाखामा सम्पर्क गर्न सकिनेछ। (फोन नं. ०१-४२००१०६, ०१-४२११०४८)