Declaration passed by 10th Inter-Legislative Forum conference handed over to President


सम्माननीय सभामुख देवराज घिमिरेले मिति २०८१ फागुन २७ गते सम्माननीय राष्ट्रपतिलाई अन्तर-व्यवस्थापिका संघ, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गर्नु भएको छ । उक्त मञ्चको सम्मेलन २०८१ पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना भएको थियो ।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित हस्तान्तरण कार्यक्रममा सम्माननीय सभामुख घिमिरेसँगै राष्ट्रिय सभा सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा माननीय उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा माननीय उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका माननीय सभामुख, माननीय उपसभामुख र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलगायतको उपस्थिति रहेको थियो ।

Tags: