शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

अभिलेख शिक्षा तथा स्वास्थ्य समिति,२०७४

सम्माननीय राष्ट्रपतिलज्यूले मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विगठन गर्नुभएकोले प्रतिनिधिसभा अन्तर्गत गठित यो समिति पनि स्वत: विगठन भएको छ।

संक्षिप्त परिचय

लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूलमन्त्र र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरुका प्रतिनिधि मार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्वन गरेका देशहरुमा संसदले कानून निर्माण जस्तो महत्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्छ । संसदको कार्यप्रणालीमा सहयोग पुर्याउने एवं सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि ‘मिनी पार्लियामेन्ट’ समेत मानिने संसदीय समितिहरु गठन गरिन्छन् । सरकारलाई निर्देशन तथा राय सल्लाह दिनुका साथै राज्यका अन्य निकायका कामकारवाही अध्ययन अनुगमन गरी सचेत पार्ने, ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्छन् ।
               नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह सुझाव दिन समेतका लागि संविधानको धारा ९७ तथा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम गठित विभिन्न विषयगत समितिहरुमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति एक हो । यस समितिले विशेष गरी नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र युवा तथा खेलकुदसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने विषयहरुको उठान, पहिचान, नियमन र व्यवस्थापन गर्नमा समन्वयात्मक, सहयोगात्मक र निर्देशनात्मक भूमिका खेल्दछ ।

समितिको गठन
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७२ मा प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिनेछ भन्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १७५ मा प्रत्येक समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्न सक्नेछ भन्ने व्यवस्था भए बमोजिम  २०८० वैशाख १५ गतेको बैठकले यस समितिमा पदेन सदस्य बाहेक २६ जना सदस्यहरु मनोनित हुनुभएकोमा हाल २७ जना सदस्यहरु रहनु भएको छ । समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समेतको समानुपातिक प्रतिनिधित्वलाई मध्यनजर गरी समितिको गठन गरिएको छ ।


समितिको कार्य क्षेत्र

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्रभित्र निम्न मन्त्रालयहरु समाविष्ट छन्:-

१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
३. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
४. युवा तथा खेलकुद मन्त्रालय र
५. सम्बद्ध विषय तथा निकाय ।   ​

विगठित समितिका पदेन सदस्यहरु

क्र.सं.

नामथर

 सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली

 सञ्‍चार तथा सूचना  प्रविधि मन्त्री मा.पृथ्वी सुब्वा गुरुङ

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मा.रघुजी पन्त

 युवा तथा खेलकुद मन्त्री मा.तेजुलाल चौधरी

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मा.प्रदीप पौडेल


विगठित समितिमा रहनु भएका सदस्यहरु 

क्र.सं. माननीयको नाम थर मोबाइल निर्वाचन क्षेत्र सम्बन्धित दल
 मा. अम्मर बहादुर थापा(सभापति)  ९८५११९५१२३  दैलेख-१  ने.क.पा. (एकीकृत समाजवादी)
 मा. ईश्वरी घर्ती  ९८५७८२४१६५  रोल्पा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 मा. उर्मिला थेबे  ९८५१०१७३८५  ताप्लेजुङ्ग  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 मा. कालुराम राई  ९८४२६२६५६०  झापा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 मा. डा. चन्द्रकान्त भण्डारी  ९८५११५९३३३  गुल्मी-१  नेपाली काँग्रेस
 मा. छविलाल विश्वकर्मा  ९८५१२०२४४१  रुपन्देही-१  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 मा. डिग बहादुर लिम्बु  ९८५२०२६५४०  मोरङ-१  नेपाली काँग्रेस
मा. डा. तोसीमा कार्की  ९७६२४१६०४९ ललितपुर-३ राष्ट्रिय स्वतन्त्र पार्टी
 मा. दिपा शर्मा  ९८५१०२५५१३  बाँके  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१०  मा. देवेन्द्र पौडेल  ९८५११४८२८०  बाग्लुङ-२  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
११  मा. धनराज गुरुङ्ग  ९८५१०६९२०४  स्याङ्जा-२  नेपाली काँग्रेस
१२  मा. नगिना यादव  ९८४१७७५६०७  महोत्तरी  नेपाली काँग्रेस
१३  मा. प्रभु हजरा  ९८५१११०२०९  पर्सा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१४  मा.महिन्द्र राय यादव  ९८५१११३५५५  सर्लाही -२  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१५  मा. महेन्द्र कुमार राय  ९८४४०३१९०७  महोत्तरी-४  नेपाली काँग्रेस
१६  मा. राम प्रकाश चौधरी  ९८५४०२०८५१  सर्लाही -१  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१७  मा. रेखा शर्मा  ९८५१११३२१८  दाङ-२  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१८  मा. लिला देवी वोखिम (लिम्बू)  ९८४२६६०६४६  ताप्लेजुङ  नेपाली काँग्रेस
१९  मा. विद्या भट्टराई  ९८४१५४९४२८  कास्की-२  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२०  मा. विनिता कुमारी सिंह  ९८०५९३११५०  सिराहा  जनमत पार्टी
२१  मा. वीना जैसवाल  ९८५५०६९०७०  पर्सा  राष्ट्रिय प्रजातन्त्र पार्टी
२२ मा. श्याम कुमार घिमिरे ९८५१०७४४३५  सिन्धुली-१     नेपाली काँग्रेस
२३  मा. सरिता भुसाल  ९८५७०८०१०८  नवलपरासी पश्चिम  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२४ मा. सिता मिजार ९८४१५५७३४३ नुवाकोट नेपाली काँग्रेस
२५  मा. सुमना श्रेष्ठ  ९८०१०८३५५२  काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी
२६  मा. हसीना खान  ९८२४५४८०२५  बाँके  जनता समाजवादी पार्टी
२७  मा. ज्ञानु बस्नेत सुवेदी  ९८५५०१९८१९  चितवन  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

समिति सदस्य हेरफेर मितिः २०८२।३।८ , २०८२/४/२० , २०८२/४/२२

समितिको सचिवालय

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालयसम्बन्धी व्यवस्था रहेको छ । संघीय संसद सचिवालयअन्तर्गत समितिको सचिवालय रहेको छ । प्रतिनिधि सभाको सचिव समितिको पदेन हुने प्रावधान रहेको छ भने महासचिवले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्ने व्यवस्था रहेको छ ।समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग्न सक्ने व्यवस्था रहेको छ ।   


समिति सचिवालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं.

नामथर

पद

मोबाइल/फोन

इमेल

  दशरथ धमला

  समिति सचिव

 ०१४२११०३३
 ९८५११३४३०३

 dhamalad70@gmail.com

  यमुना सुवेदी

  शाखा अधिकृत

 ९८४१४०७६८८

yamunasubedi11@gmail.com

  शिव कुमार विशंके 

  शाखा अधिकृत

 ९८४४०८६२४८

 

  चन्द्रा पौडेल

  नायब सुब्बा

 ९८५११६३९१५

 cpaudel21@gmail.com

  आयुष अधिकारी

  कार्यालय सहयोगी

 ९७४६२७९९२३

-

                   
सम्पर्क नं. :  ०१ ४२००६८६ (समिति सभापति), ०१ ४२११०३३ (समिति सचिव), ०१ ४२००६७२ , ०१ ४२११८६५ (समिति सचिवालय)
E-mail : eahcommittee@parliament.gov.np, education.health.c@gmail.com
शिक्षा तथा स्वास्थ्य समिति २०७४
 

समिति

दशरथ धमला,
समिति सचिव
...