उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समितिको परिचय
लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यशक्तिको स्रोत जनतालाई मानिन्छ र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिद्वारा गरिन्छ। संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्ष रुपमा संसदप्रति उत्तरदायी हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसदमा नियमित रुपमा छलफल हुने गर्दछ। संसदको कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सीमित समय, हरेक विषयमा गहन ढंगले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गरी संसदको कामलाई व्यवस्थित र प्रभावकारी बनाउँदै संसदका नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदले आफ्ना सदस्यहरु रहने गरी विभिन्न समितिहरु गठन गरिन्छ ।
- नेपालको संविधानको धारा ८३ मा “प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ।” उल्लेख छ। त्यसैगरी धारा ९७ को उपदफा (१) मा “प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन्।” भन्ने व्यवस्था छ ।
- प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने प्रतिनिधि सभा नियमावली, २०७९ मा उल्लिखित व्यवस्थाअनुसार नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रतिनिधि सभामा दशवटा विषयगत समिति रहेका छन् जस मध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति एक महत्त्वपूर्ण समिति हो । यस समितिको कार्यक्षेत्र देहायबमोजिम रहेको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७३ बमोजिम यस समितिको कार्यक्षेत्र निम्नबमोजिम रहेको छः
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,
- उपभोक्ता हित सम्बन्ध र सम्बद्ध विषय तथा निकाय
समितिको गठनः
प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सभामुखले प्रतिनिधि सभाको सहमति लिई समानुपातिक प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्री सबै समितिको र समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने व्यवस्था छ । तर कुनै पनि मन्त्रीले समितिको सभापति हुन वा बैठकको अध्यक्षता गर्न नमिल्ने व्यवस्था छ । मिति २०८० वैशाख १५ गते बसेको प्रतिनिधि सभाको बैठकले यस समितिमा देहाय बमोजिमका माननीय सदस्यहरु रहने व्यवस्था गरेको छ ।
पदेन सदस्य:
· सम्माननीय प्रधानमन्त्री,
· माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
· माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
समितिमा रहनु भएका माननीय सदस्यहरूको विवरणः
क्र.सं. | नाम, थर | सम्पर्क नम्बर | जिल्ला | राजनीतिक दल |
---|---|---|---|---|
1 | मा० श्री अब्दुल खांन (सभापति) | 9748463439 | बर्दिया | जनमत पार्टी |
2 | मा० श्री अमृता देवी अग्रहरी | 9841479133 | कपिलवस्तु | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
3 | मा० श्री असिम शाह | 9851090493 | काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी |
4 | मा० श्री कान्तिका सेजुवाल | 9848305222 | जुम्ला | नेपाली काँग्रेस |
5 | मा० श्री किशोर सिंह राठोर | 9851027666 | बाँके-३ | नेपाली काँग्रेस |
6 | मा० श्री कृष्ण कुमार श्रेष्ठ | 9851038535 | बारा-४ | नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) |
7 | मा० श्री गणेश पराजुली | 9851039564 | काठमाडौं-७ | राष्ट्रिय स्वतन्त्र पार्टी |
8 | मा० श्री गिता बस्नेत | 9841310701 | बर्दिया | राष्ट्रिय प्रजातन्त्र पार्टी |
9 | मा० श्री डोल प्रसाद अर्याल | 9851022875 | काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी |
10 | मा० श्री दुर्लभ थापा क्षेत्री | 9851043851 | भक्तपुर-२ | नेपाली काँग्रेस |
11 | मा० श्री मन बहादुर गुरुङ्ग | 9856021424 | कास्की-१ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
12 | मा० श्री महेन्द्र बहादुर शाही | 9851177733 | कालिकोट-१ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
13 | मा० श्री रघुवीर महासेठ | 9851043171 | धनुषा-४ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
14 | मा० श्री रणेन्द्र बराली | 9855055703 | चितवन | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
15 | मा० श्री रमा कोईराला पौड्याल | 9841375499 | भक्तपुर | नेपाली काँग्रेस |
16 | मा० श्री राजु थापा | 9851029821 | स्याङ्जा-१ | नेपाली काँग्रेस |
17 | मा० श्री राम शंकर यादव | 9862899137 | सिराहा-१ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
18 | मा० श्री रेखा यादव | 9851133645 | मोरङ्ग | जनता समाजवादी पार्टी, नेपाल |
19 | मा० श्री लक्ष्मी महतो कोइरी | निलम्बन | महोत्तरी-१ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
20 | मा० श्री लाल प्रसाद साँवा लिम्बू | 9851025015 | झापा-४ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
21 | मा० श्री सपना राज भण्डारी | 9851040472 | काठमाडौं | नेपाली काँग्रेस |
22 | मा० श्री सान्ती चौधरी | 9765853217 | बर्दिया | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
23 | मा० श्री सिता मिजार | 9841557343 | नुवाकोट | नेपाली काँग्रेस |
24 | मा० श्री सूर्य मान तामाङ (दोङ) | 9851111244 | काभ्रेपलाञ्चोक-१ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
25 | मा० श्री हेमराज राई | 9851261144 | भोजपुर | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
- समितिका माननीय सदस्य श्री मोहनबहादुर बस्नेत २०८० साल वैशाख २१ गते मन्त्री पदमा नियुक्त ।
- प्रतिनिधि सभा नियमावली, २०७९ सदनबाट पारित मिति :- २०७९ साल चैत्र १९ गते आइतबार
- समिति गठन मिति :- २०८० साल बैशाख १५ गते शुक्रबार
- पहिलो पटक समिति पुनर्गठन मितिः २०८०।०५।०६, (मा. सोनु मुर्मुको स्थानमा मा. अब्दुल खांन समितिमा आउनु भएको )
- सभापति निर्वाचन मितिः २०८०/०५/११ गते
- समितिमा रहनु भएका महिला माननीय सदस्य संख्या -८, पुरुष सदस्य संख्या-१७, जम्मा सदस्य संख्याः २५
समिति सचिवालय :
संघिय संसद सचिवालय अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सचिवालय रहन्छ । प्रतिनिधि सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुने, महासचिवले कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्ने, तर राजपत्राराङ्कित प्रथम श्रेणीको अधिकृत कर्मचारी नपुग भएमा राजपत्राङ्कित द्वितीय श्रेणीको वरिष्ठ अधिकृत कर्मचारीलाई तोक्न बाधा नपर्ने, समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालय, विभाग वा निकायसँग आवश्यक जानकारी माग गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा गरिएको छ ।
समितिको सचिवालयमा कार्यरत कर्मचारीहरू देहाय बमोजिम रहेका छन्:
क्र.सं. | पद | नाम थर | मोबाईल नं. | इमेल |
१ | समिति सचिव | श्री राम कुमार पौडेल | 9841662290 | |
2 | उपसचिव | श्री प्रदिप कुमार नेपाल | ९८४१२७३९४३ | pradip4nepal@gmail.com |
3 | शाखा अधिकृत | श्री शुसिल कुमार खड्का | 9851030740 | |
4 | नायब सुब्वा | श्री नारायण बस्नेत | 9851037745 | |
५ | नायब सुब्वा | श्री सुदिप गौतम | 9861990073 | |
६ | कार्यालय सहयोगी | श्री विमला विष्ठ | 9861522874 |
Email: iclcwc@parliament.gov.np
URL: www.parliament.gov.np