अन्तर्राष्ट्रिय सम्बन्ध समिति

परिचय

      प्रजातान्त्रिक राज्यव्यवस्थामा राज्य शक्तिको स्रोत जनतालाई मानिन्छ र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा नै गरिन्छ । संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्ष रूपमा संसदप्रति उत्तरदायी हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसदमा नियमित रूपमा छलफल हुने गर्दछ । संसदको कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सीमित समय, हरेक निकायमा गहन ढंगले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गर्दै संसदको भूमिकामा ओझेल नपर्ने गरी संसदका नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदले आफ्ना सदस्यहरु रहने गरी विभिन्न समितिहरु गठन गर्छ ।

      संसदका कार्यको सुसंचालन, छिटो छरितो रुपमा होस् र बेला बेलामा पर्ने समस्याको सहजरुपमा निराकरण गरी सदनको संचालनमा सहयोग पुगोस भनी महत्वपुर्ण तथा आवश्यक विषयको लागि समिति गठन गर्न सक्ने सदनको असिमित अधिकार संविधानले सुरक्षित गरेको हुन्छ । नेपालको संविधानको धारा ८३ मा “प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ” उल्लेख छ । त्यसैगरी धारा ९७ को उपदफा (१) मा “प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् ” भन्ने व्यवस्था छ ।

      प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन प्रतिनिधि सभा नियमावली, २०७५ मा उल्लेखित व्यवस्था अनुसार  नेपाल सरकारलाई प्रतिनिधि सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन एवं संविधानको धारा ९७ बमोजिको उद्देश्य प्राप्त गर्न गठन हुने संसदीय समिति लघु संसद  (Mini Parliament) को रुपमा रहने गर्दछन् । प्रतिनिधि सभामा दशवटा विषयगत समिति रहेका छन् जस मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध समिति  एक महत्वपुर्ण समिति रहेको छ । यस समितिको कार्यक्षेत्र देहाय बमोजिम रहेको छ :

१. परराष्ट्र मन्त्रालय,

२. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।

 

 समितिको बैठकः

       समितिको बैठक सभापतिले आवश्यकता अनुसार बोलाउने व्यवस्था छ । तर समितिको बैठक स्थगित भएको अवस्थामा छलफल गर्नुपर्ने विषय सहित बैठक बोलाउन उपयुक्त छ भनी समितिका एक चौथाई सदस्यले सभापति समक्ष लिखित अनुरोध गरेमा पाँच दिनभित्र सभापतिले बैठक बस्ने मिति र समय तोक्नुपर्दछ । समितिको बैठकको सभापतित्व सभापतिले वा निजको अनुपस्थितिमा समितिका सदस्यले आफूमध्येबाट छानेको व्यक्तिले गर्दछन् । समिति वा उपसमितिको बैठक संसद भवनको परिसरभन्दा बाहिर बस्नु परेमा सभापतिले सभामुखको लिखित अनुमति प्राप्त गर्नु पर्दछ ।

 

गणपुरक संख्याः

     समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको एकाउन्न प्रतिशत हुने व्यवस्था छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा सो सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्न सक्दछ र समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगी लगातार दुई पटक बैठक स्थगित भएमा तेस्रो पटक कम्तीमा एक चौथाई सदस्य उपस्थिति भएमा बैठक वस्न सक्दछ ।

समितिमा रहनुभएका माननीय सदस्यहरु:

 
क्र.स.   माननीय सदस्यको नाम, थर जिल्ला दलको नाम फोन नं.
१.   सभापति मा. श्री पवित्रा निरौला (खरेल) झापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८४२६३३४९५
२.   मा. श्री ईश्‍वर पोखरेल काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९८४१२४८८८८
९८५११९८२४६
३.   मा. श्री कृष्‍ण बहादुर महरा दाङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९८५१२४००५५
४.   मा. श्री के. पी. शर्मा ओली झापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५११६२२०६
५.   मा. श्री चाँदतारा कुमारी सर्लाही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
९८०६८५६३१४
९८५५०१००६९
६.   मा. श्री दीपक प्रकाश भट्ट कञ्चनपुर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५१०६२५१६
७.   मा. श्री देव प्रसाद तिमलसेना रौतहट नेपाली काङ्ग्रेस ९८५५०२३१६१
८.   मा. श्री नारदमुनि राना कैलाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५१०७०९६०
९.   मा. श्री निर्जला राउत सिराहा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ९८५१११८५६४
१०.   मा. श्री पुष्‍पा कुमारी कर्ण कायस्त पर्सा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ९८४१७७१८१२
११.   मा. श्री प्रकाश मान सिंह काठमाडौं नेपाली काङ्ग्रेस ९८५१०२३७६४
१२.   मा. श्री प्रदिप कुमार ज्ञवाली गुल्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५१०८८२२२
१३.   मा. श्री प्रेम प्रसाद तुलाचन मुस्ताङ नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९८५६०२१०९१
९८५७६५०३११
१४.   मा. श्री भीम बहादुर रावल अछाम नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५१११३३२३
१५.   मा. श्री माधव कुमार नेपाल काठमाडौं /रौतहट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
९८५१०९००६५
९८५११५५४९०
१६.   मा. श्री मोहन बानियाँ मुगु नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८४१४४४६३६
१७.   मा. श्री रेनुका गुरुङ्ग काठमाडौं जनता समाजवादी पार्टी, नेपाल
९८५११८६८६२
९८४९८५२६२१
१८.   मा. श्री लिलादेवी सिटौला (गौतम) ललितपुर जनता समाजवादी पार्टी, नेपाल ९८४११८१९४३
१९.   मा. श्री सरलाकुमारी यादव रौतहट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ९८४१९७६१३१
२०.   मा. श्री सुजाता कोईराला काठमाडौं /मोरङ नेपाली काङ्ग्रेस
९८०११३१२९१
९८४३२७९९८०
२१.   मा. श्री सुजिता शाक्य काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५१०८७२५५
२२.   मा. श्री सुदन किराती भोजपुर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९८५११०७७१०
२३.   मा. श्री सुरेन्द्र कुमार कार्की झापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
९८५११०००२०
९८५१२५२६६६
 

समिति सचिवालयमा कार्यरत कर्मचारीहरु:-

क्र. सं.  नाम, थर पद फोन नं.
१.  श्री सुरज कुमार दुरा समिति सचिव   ९८४१२५८९१४
२.  श्री गोपाल सिग्देल उपसचिव ९८५१०९१३४०
३.  श्री सुसिता दुवाडी(आचार्य) शाखा अधिकृत ९८४१५९८००६
४.  श्री मोहन बोलखे खरिदार ९८६५२१६१११
५.  श्री बसन्ति बुढामगर कार्यालय सहयोगी ९८४०६००६६८
६.  श्री प्रभा शर्मा कार्यालय सहयोगी ९८६०५३८५७३

सम्पर्क नंं.:०१ - ४२०००७४
E-mail : irc@parliament.gov.np