कानून, न्याय तथा मानव अधिकार समिति

 

परिचय
लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूल मन्त्र हो र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरूका प्रतिनिधिमार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्बन गरेका देशहरूमा संसदले कानून निर्माणजस्तो महत्त्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्छ । संसदको कार्यप्रणालीमा सहयोग पुर्‍याउने एवम् सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि मिनी पार्लियामेन्टसमेत भनिने संसदीय समितिहरू गठन गरिन्छन् । सरकारलाई निर्देशन तथा राय, सल्लाह दिनुका साथै राज्यका अन्य निकायका कामकारबाही अध्ययन, अनुगमन गरी सचेत गराउने, ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्छन् ।
संघीय संसदको नियमित कार्यमा सहयोग पुर्याउन, सरकारलाई स‌ंघीय संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनसमेतका लागि नेपालको संविधानको धारा ९७ तथा संघीय संसद तथा प्रतिनिधि सभा नियमावली‚ २०७९ को नियम १७३ बमोजिम  गठित विषयगत समितिहरूमध्ये कानून‚ न्याय तथा मानव अधिकार समिति एक हो । यस समितिले मानव अधिकारको सम्मान‚ संरक्षण र संवर्द्धन गर्नका लागि सरोकारवाला निकायहरूलाई आवश्यक सल्लाह‚ सुझाव तथा निर्देशन दिने गर्दछ । त्यसै गरी समितिले कानून र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानूनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक भूमिका प्रस्तुत गर्दछ । यसको अलावा अन्तराष्ट्रिय सन्धि सम्झौता, शान्ति प्रक्रिया र मौलिक हक कार्यान्वयनको अवस्थाका विषयमा समेत समितिले अध्ययन, अनुगमन गरी आवश्यक राय‚ सुझाव तथा निर्देशन दिने गर्दछ ।

समितिको कार्यक्षेत्र:-
संघीय संसद‚ प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम गठित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यक्षेत्र देहायअनुसार रहेको छः-
१. कानून‚ न्याय तथा संसदीय मामिला मन्त्रालय,
२. न्याय परिषद्,
३. न्याय सेवा आयोग,
४. महान्याधिवक्ताको कार्यालय,
५. मानव अधिकार,
६. अन्तर्राष्ट्रिय सन्धि सम्झौता,
७. शान्ति प्रक्रिया र
८. मौलिक हकको कार्यान्वयनको अवस्था र सम्बद्ध विषय तथा निकाय ।
 
 
समितिको गठन:-
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७२ मा प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधि सभाअन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १७५ मा विषयगत समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था भए बमोजिम २०८० साल वैशाख १५ गतेको प्रतिनिधि सभाको बैठकले समितिको गठन गरेको हो ।

पदेन सदस्यः-
क्रम पद, नाम र थर
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री पदम गिरी
 
समिति सदस्यहरूको विवरणः-
क्रम नाम (वर्णानुक्रमअनुसार) जिल्ला राजनीतिक दल सम्पर्क नम्बर
मा. श्री गोमा लाभ (सापकोटा) महोत्तरी जनमत पार्टी ९८१७८६८६९१
मा. श्री चन्द्र बहादुर विश्वकर्मा रुकुम पश्चिम ने.क.पा. (एमाले) ९८६९०८५१९५
मा. श्री जीवन परियार कास्की नेपाली काँग्रेस ९८५१०६३७२९
मा. श्री ध्रुव बहादुर प्रधान नवलपरासी पश्चिम-२ रा.प्र.पा. ९८५१०२१६३४
मा. श्री नागिना यादव महोत्तरी नेपाली काँग्रेस ९८४१७७५६०७
मा. श्री नैनकला थापा चितवन ने.क.पा. (एमाले) ९८४१७१२१४६
मा. श्री पुष्प बहादुर शाह अछाम-२ नेपाली काँग्रेस ९८४१५२५४६७
मा. श्री पूर्ण बहादुर घर्ती रुकुम पूर्व-१ ने.क.पा. (मा.के.) ९८५१११०१४१
मा. श्री प्रतिक्षा तिवारी धनुषा ने.क.पा. (एमाले) ९८६३०२७४२८
१० मा. श्री बिमला सुवेदी नुवाकोट ने.क.पा. (मा.के.) ९८५११८८५०४
११ मा. श्री महेश कुमार वर्तौला मकवानपुर-२ ने.क.पा. (एमाले) ९८५११७१४५७
१२ मा. श्री मंगल प्रसाद गुप्ता कपिलवस्तु-३ ने.क.पा. (एमाले) ९८५११०४६५०
१३ मा. श्री रन्जु कुमारी झा सप्तरी ज.स.पा., नेपाल ९८५११९५७०८
१४ मा. श्री रमेश लेखक कञ्चनपुर-३ नेपाली काँग्रेस ९८५११८०३३३
१५ मा. श्री राम कुमार राई खोटाङ-१ ने.क.पा. (मा.के.) ९८५१११३१९४
१६ मा. डा. शुनिल कुमार शर्मा मोरङ-३ नेपाली काँग्रेस ९८५१०८४२८२
१७ मा. श्री शेर बहादुर कुँवर अछाम-१ ने.क.पा. (ए.स.) ९८५११७३३२३
१८ मा. श्री शेर बहादुर देउवा डडेल्धुरा-१ नेपाली काँग्रेस ९८५१०८७२८८
१९ मा. श्री सन्तोष परियार भक्तपुर रा.स्व.पा. ९८५११४५०२२
२० मा. श्री सुशिला थिङ सिन्धुली नेपाली काँग्रेस ९८५४०४१९९९
२१ मा. श्री सोबिता गौतम काठमाडौँ-२ रा.स्व.पा. ९८६०६६०८२७

समिति सदस्य हेरफेर मितिः २०८०।०५।०६

समितिको सचिवालय:-
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालयसम्बन्धी व्यवस्था रहेको छ । संघीय संसद सचिवालयअन्तर्गत समितिको सचिवालय रहेको छ । प्रतिनिधि सभाको सचिव समितिको पदेन हुने प्रावधान रहेको छ भने महासचिवले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत वा सो श्रेणीका कर्मचारी नपुग भएमा राजपत्राङ्कित द्वितीय श्रेणीको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्ने व्यवस्था रहेको छ ।   
 
समिति सचिवालयमा कार्यरत कर्मचारीहरूको सम्पर्क नम्बर:-
क्रम नाम, थर पद/जिम्मेवारी सम्पर्क नम्बर
अधि राज राई समिति सचिव ९८४१३५९२४४
०१४२००६१५
मान बहादुर डंगोल शाखा अधिकृत ९८४६०६३७०५
दिपेन्द्र रेग्मी नायब सुब्बा ९८४०८६७७७७
सपना चौधरी कार्यालय सहयोगी ९८५१०८६१६४
 
समिति सचिवालयको सम्पर्क:-
टेलिफोन: ०१-४२००१७२
E-mail: humanrights@parliament.gov.np
Website: www.parliament.gov.np