राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) २०७४
संक्षिप्त परिचय:
नेपालको संविधानको भाग - ४ मा उल्लिखित निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको मार्ग निर्देशनका रुपमा रहने र उक्त सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन गर्न राज्यले आवश्यकता अनुसार स्रोत साधनको परिचालन गर्नु, गराउनु पर्ने संवैधानिक व्यवस्था छ । सोही संविधानको धारा ५८ मा राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसदमा कानून बमोजिम एक समिति रहने संवैधानिक व्यवस्था छ । साथै सोही संविधानको धारा ९७ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को परिच्छेद - ६ नियम २७ बमोजिम संघीय संसदको प्रतिनिधि सभाका १२ जना माननीय सदस्यहरु र राष्ट्रिय सभाका ३ जना माननीय सदस्यहरु गरी जम्मा १५ सदस्यीय समिति गठन भएको छ ।
समितिको गठनः
नेपालको संविधानको भाग - ४ मा रहेको संवैधानिक व्यवस्था तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को परिच्छेद - ६ को नियम २७ को व्यवस्था बमोजिम प्रतिनिधि सभाको मिति २०७५/..../.... गते बसेको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा रहनु हुने ११ जना माननीय सदस्यहरुको नाम अनुमोदन गरेको । साथै, मिति २०७५/..../....मा बसेको राष्ट्रिय सभाको बैठकले समितिमा रहनु हुने ३ जना माननीय सदस्यहरुको नाम अनुमोदन गरेको थियो ।
समितिको सभापतिः
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २८ ले समितिका सदस्यले अाफू मध्येबाट समितिको सभापतिको चयन गर्ने व्यवस्था गरे बमोजिम मिति २०७५/०६/०७ मा बसेको समितिको बैठकले माननीय श्री निरा देवी जैरुलाई समितिको सभापतिमा सर्वसम्मतिले निर्वाचित गरेको थियो ।
समितिको कार्य क्षेत्रः
- नेपालको संविधानको धारा ५४ मा रहेको व्यवस्था र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ बमोजिम नेपालको संविधानको भाग - ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्नु ।
- संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिमको प्रकृयालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ ।
- प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने ।
- समितिको अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुने ।
समिति सचिवालय :
डा. भरतराज गौतम,
संघीय संसदकाे महासचिव तथा समिति सचिव
श्री लक्ष्मी प्रसाद गौतम
सहसचिव (कानून)
श्री चन्द्र प्रसाद अधिकारी
उपसचिव (कानून)
श्री जलेश्वर राम
शाखा अधिकृत (कानुन)
श्री चन्दा पौडेल
ना.सु.
श्री डालिमा कुमाल
का.स.
फ्याक्स नंं