श्रव्यदृष्य शाखा

यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–

  • संघीय संसद र समितिहरुमा आवश्यकता अनुसार रेकर्डिङ्गको ब्यवस्था मिलाउने,
  • सचिवालयलाई प्रविधि मैत्री वनाउन नविनतम् प्रविधिको उपयोग गर्ने,
  • संघीय संसद र अन्तर्गतका समितिहरुका बैठकहरु तथा सचिवालयमा हुने औपचारिक कार्यक्रमहरुको विद्युतीय अभिलेख (अडियो/भिडियो रेकर्डिङ्ग) सम्वन्धी कार्य गर्ने, गराउने,
  • माननीय सदस्यहरुले बोलेका श्रव्यदृश्य सम्वन्धी अभिलेखहरु माग भए वमोजिम प्रक्रिया पु-याई उपलब्ध गराउने,
  • संघीय संसद तथा समितिका बैठकहरुमा भएका गतिविधिहरुको सम्पादन गरी आधिकारीक वेवसाइट र अन्य तोकिएका माध्यमबाट प्रसारण सम्वन्धी कार्यको व्यवस्थापन गर्ने,
  • संघीय संसद र अन्तर्गतका समितिहरुका बैठकहरु तथा सचिवालयमा हुने औपचारिक कार्यक्रमहरुको विद्युतीय अभिलेख (अडियो/भिडियो रेकर्डिङ्ग) सम्वन्धी भण्डारण गर्ने, गराउने।
  • संसदीय गतिविधिहरुलाइ श्रव्यदृष्य मार्फत आम नागरिक समक्ष पु-याउने र उक्त गतिविधिहरुको विद्युतीय भण्डारण गर्ने प्रयोजनका लागि यस शाखाको गठन भएको हो ।