विधेयक शाखा (राष्ट्रिय सभा)
शाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ –
- राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुने विधेयक प्राप्त हुनु पर्ने अवधि र सो बैठकमा पेश हुने विधेयकको विवरण यथासमयभित्र सचिवालयमा प्राप्त भैसक्नु पर्ने व्यहोराको अनुरोधपत्र सम्बन्धित मन्त्रालयमा पठाई सोको प्राप्त विवरणका आधारमा व्यवस्थापकीय कार्यको समयबद्ध तालिका निर्माण गर्ने,
- प्राप्त विधेयकहरु (सरकारी तथा गैरसरकारी) तोकिएका प्रक्रिया र शर्तहरु पूरा भए–नभएको यकीन गरी दर्ता गर्ने,
- दर्ता भएका विधेयकहरु मा.सदस्यहरुलाई वितरण गर्नका लागि सम्वन्धित शाखामा पठाउने,
- सदनमा विधेयकमाथिको सामान्य छलफल समाप्त भएपछि संशोधन प्रस्तावको लागि सदस्यहरुलाई जानकारी गराउन अवधि खुलाई सूचना प्रकाशन गर्ने,
- संशोधन प्रस्तावहरु प्राप्त गर्ने र प्राप्त संशोधन प्रस्तावहरुलाई विधेयकको दफाक्रमको आधारमा व्यवस्थित गरी स्वीकृतिको लागि अध्यक्षा समक्ष पेश गर्ने,
- विधेयक र संशोधन प्रस्तावहरु दफावार छलफलको लागि समितिमा पठाउने,
- विधेयक सदनबाट पारित भएपछि प्रस्तावित मूल विधेयकमा भएको संशोधनहरुलाई समावेश गरी कानून मन्त्रालयको सहयोग लिई रुजु गरी अन्तिम प्रति तयार गर्ने,
- विधेयकमा आनुषङ्गिक सुधार गर्नु पर्ने भएमा सोको कारण सहितको व्यहोरा खोली आवश्यक निर्णयार्थ टिप्पणी पेश गर्ने,
- विधेयक प्रमाणीकरणका लागि आवश्यक प्रति तयार गर्ने, प्रमाणीकरण भएका विधेयकको अभिलेख राख्नुका साथै सम्वन्धित निकायहरुमा आवश्यक प्रतिहरु पठाउने,
- विधेयक प्राप्त भएदेखि वितरण, प्रस्तुति, सामान्य छलफल, दफावार छलफल, पारित र प्रमाणीकरणसम्मका प्रत्येक विधेयकको स्थिति र सन्धि/सम्झौताहरुको अवस्था समेत खुल्ने गरी विवरण तयार गर्ने र संघीय संसदको वेवसाईटमा अपलोड गर्ने,
- प्रमाणीकरण सम्पन्न भएको सम्पूर्ण विधेयकहरुको संग्रह पुस्तिका प्रकाशन गर्नुका साथै बैठकले पारित गरेका सन्धि/सम्झौता सम्बन्धी विवरण पुस्तिका प्रकाशन गर्ने ।