कार्य व्यवस्था शाखा (राष्ट्रिय सभा)


राष्ट्रिय सभाको  बैठक व्यवस्थापन सम्बन्धी कार्य एवं कार्यव्यवस्था परामर्श समितिको सचिवालयको रुपमा कार्य गर्न र अध्यक्षको निर्देशन बमोजिम बैठकका कार्यसूची तयार गरी बैठक संचालनमा सम्माननीय अध्यक्षलाई आवश्यक सहयोग गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने कार्यका लागि कार्यव्यवस्था महाशाखा र सो अन्तर्गत कार्यव्यवस्था शाखा रहेको छ ।