आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा
महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –
- संसदको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने,
- सचिवालयको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने,
- सचिवालयको लागि मसलन्द तथा जिन्सी सामानहरुको व्यवस्थापन गर्ने,
- भौतिक सम्पतिको संरक्षण र विकास गर्ने,
- संसद भवन सचिवालय आदिको लागि आवश्यक निर्माण योजना बनाउने,
- सांसद आवास सम्बन्धमा आवश्यक कार्य गर्ने,
- संसदको दीर्घकालिन सोच सहितको आवधिक योजना तयार गर्ने,
- सचिवालय परिसरभित्र रहेका खानेपानी, ढल निकास, सरसफाई, बगैंचा व्यवस्थापन लगायतका कार्य गर्ने ।