अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा
यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–
- विदेश भ्रमणमा जाने पदाधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रमसँग सम्बन्धित विषयमा महाशाखालाई सहयोग गर्ने,
- नेपाल भ्रमणमा आउने प्रतिनिधिमण्डलको स्वीकृत भ्रमण कार्यक्रमबारे सम्बन्धित पदाधिकारीलाई जानकारी गराउने र सम्बन्धित पदाधिकारीसँग भेटघाट कार्यक्रम बनाउने,
- प्रतिनिधिमण्डलको सम्मानमा दिवा तथा रात्री भोज आयोजना गर्ने सम्बन्धी कार्य गर्ने,
- वैदेशिक भ्रमणमा जाने पदाधिकारीहरुलाई आवश्यक पर्ने कागजातहरु तयार गरी उपलब्ध गराउने,
- भ्रमणमा आउने प्रतिनिधिमण्डलको कार्यक्रमहरु तयार गरी सम्बन्धित पदाधिकारीहरुलाई उपलब्ध गराउने,
- मित्रराष्ट्रका व्यवस्थापिकाहरु, संघ र मैत्री समूहबीच सम्पर्क र समन्वय कायम गर्ने,
- संसद विकास कोषमा प्राप्त हुने रकमको व्यवस्थापन तथा कोष बृद्धिका लागि आवश्यक कार्यक्रमको विकास गरी कोष बृद्धि सम्बन्धी कार्यमा अन्तरराष्ट्रिय सहयोग लिने तर्फ सम्बद्ध निकायसँग सम्पर्क गर्ने,
- मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसंग समन्वय गरी संसदको बैदेशिक सम्बन्ध र तदनुरुप बैदेशिक सहयोग प्राप्ति सम्बन्धी कार्य गर्ने ।