प्रविधि व्यवस्थापन महाशाखा

महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –

  • संघीय संसद  र अन्तर्गतका समितिहरु तथा सचिवालयको लागि आवश्यक पर्ने सूचना तथा प्रविधि, श्रव्यदृष्य, मुद्रण र विद्युत् सम्वन्धी कार्य सम्पादन गर्ने,
  • वर्तमान अवस्थामा अवलम्वन गर्नु पर्ने इ–गर्भनेन्स सम्वन्धी नीति तथा योजना तर्जुमा गर्ने तथा त्यस्तो नीतिको कार्यान्वयन गर्ने, गराउने,
  • सूचना प्रविधि शाखा, श्रव्यदृष्य शाखा, मुद्रण तथा प्रकाशन शाखा तथा विद्युत् प्रवन्ध सम्बन्धी आवश्यक कार्य गराउने,
  • संघीय संसदको आधिकारीक website, Mobile Apps संचालन एवं अद्ययावधिक गर्ने, गराउने,
  • संघीय संसदको आधिकारीक Facebook Page, Twitter लगायत सामाजिक संजालहरुको अधिकतम उपयोग गर्ने, गराउने,
  • सचिवालयमा आवश्यक सफ्टवेयरको व्यवस्थापन सम्वन्धी कार्य गर्ने, गराउने ।