नाम: अग्निप्रसाद सापकोटा
उमेर: 66 बर्ष
निर्वाचन प्रक्रिया: छैन , सिन्धूपाल्चोक,क्षेत्र नं.-1, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बिस्तृत विवरण
  • २०१४ फागुन २४: जन्म, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डे, सिन्धुपाल्चोक । माता/पिता : धनपति र तिलमाया सापकोटा ।
  • २०२९: विद्यार्थी संगठनमा आवद्ध भई राजनीतिमा प्रवेश, श्री कृष्ण रत्न गंगा मावि, चौतारा ।
  • २०३२: शिक्षण पेशामा संलग्न, १५ बर्ष, प्रधानाध्यापक, जनजागृति माध्यमिक विद्यालय, साँगाचोक, सिन्धुपाल्चोक ।
  • २०३५: पार्टी सदस्यता तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) ।
  • २०३७: शिक्षक संघर्ष समितिको अध्यक्ष, सिन्धुपाल्चोक ।
  • २०४२: बैशाखमा शिक्षक संघर्षका क्रममा जेल चलान, पटक पटक गरी २ बर्ष जेल ।
  • २०४४: नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय महासचिव ।
  • २०४८: शिक्षण पेशाबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा, संयुक्त जनमोर्चाका तर्फबाट सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा ।
  • २०४९: संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य ।
  • २०५१: नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय सदस्य ।
  • २०५२: फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज, भूमिगत ।
  • २०५७: नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित ।
  • २०५८: नेकपा (माओवादी)ले सरकारसँग वार्ता गर्न गठन गरेको तीन सदस्यीय वार्ता टोली सदस्य ।
  • २०६२/६३: जनआन्दोलनको नेतृत्व, ताम्सालीङ क्षेत्रका जनतालाई जनआन्दोलनमा परिचालनको नेतृत्व, २०६२ चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको तीनवटा गोली शरिरका विभिन्न ठाउँमा लागि गम्भीर घाइते ।
  • २०६४ चैत्र २८: संविधानसभाको पहिलो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट अत्यधिक बहुमतले निर्वाचित ।
  • २०६८ बैशाख २१: प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको मन्त्रिपरिषदमा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त  ।
  • २०६९ माघः एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को हेटौंडा महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा निर्वाचित ।
  • २०६९ साउनः एकीकृत नेकपा (माओवादी) को पार्र्टी केन्द्रीय प्रवक्ता ।
  • २०७० मंसिरः संविधानसभाको दोस्रो निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित । 
  • २०७१ जेठः एकीकृत नेकपा (माओवादी) विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्यमा निर्वाचित ।
  • २०७२ कार्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषदमा वन तथा भूसंरक्षण मन्त्रीमा नियुक्त ।
  • २०७४ जेठः नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्य ।
  • २०७४ मंसिर २१: सिन्धुपाल्चोक क्षेत्र नं–१ बाट प्रतिनिधिसभामा निर्वाचित । लगातार तेस्रोपटक संसदमा ।
  • २०७५ जेठ १६: नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य ।
  • २०७६ माघ ५: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयद्वारा प्रतिनिधिसभाको सभामुखको उमेदवार बनाउने निर्णय ।  
  • २०७६ माघ १२: प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित ।
  • २०७६ माघ १३: प्रतिनिधि सभाको सभामुखका लागि पद तथा गोपनियताको सपथ ग्रहण ।
   


सभामुखको सचिवालय

   
प्रतिनिधि सभा सदस्य , 2074