नाम: पुष्पा भूसाल (गौतम)
उमेर: 63 बर्ष
निर्वाचन प्रक्रिया: छैन , अर्घाँखाची,क्षेत्र नं.-0, नेपाली काङ्ग्रेस
बिस्तृत विवरण
  • ठेगाना :- अर्घाखाँची जिल्ला, सन्धिखर्क न.पा.-९ ।
  • बाबु/आमाको नाम :- स्व. काशीनाथ गौतम/ शारदा गौतम ।
  • शैक्षिक योग्यता :- राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक ।
  • राजनीतिक आबद्धता :- २०३६ साल देखी नेपाल विद्यार्थी संघमा आबद्ध भई सक्रिय राजनीतिमा संलग्न । नेपाल महिला संघको महासचिव । नेपाली कांग्रेस केन्द्रीय महिला विभाग तथा केन्द्रीय कानूनी सल्लाहकार समितिको सदस्य । नेपाल ट्रेड यूनियन कांग्रेसको सल्लाहकार भई काम गरेको । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ।
  • पेशागत आबद्धता :- त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्‍न राज्य लक्ष्मी क्याम्पसमा २०४६ साल देखी १० वर्ष सम्म उपप्राध्यापक पदमा रही प्रध्यापन गरेको । २०३९ साल देखी कानून व्यवसायमा सक्रिय भएको/वरिष्ठ अधिवक्ता । महिला अधिकार, कानून र राजनीतिक क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा प्रतिनिधित्व गरेको ।
  • संसदीय यात्रा :- २०५६ सालको प्रतिनिधि सभा निर्वाचन तथा २०७० सालको संविधान सभा निर्वाचनमा  अर्घाखाँची जिल्ला,  निर्वाचन क्षेत्र नं. –२,  नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको तथा २०६४ सालको संविधान सभामा प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएको ।
  • विशेष जिम्मेवारी :- २०६३ सालमा अन्तरिम संविधान मस्यौदा समितिको सदस्य भई कार्य सम्पादन गरेको।  २०७४ सालको प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलको सचेतक पदमा जिम्मेवारी बहन गरेको । हाल २०७९ साल असार ३१ गते प्रतिनिधि सभाको उपसभामुखको पदमा निर्वाचित भई कार्यभार सम्हाल्दै आएको ।
  • राजनीतिक घटनाक्रम :- बाबु (पूर्व मन्त्री स्व. काशीनाथ गौतम) सँगै सानै उमेरमा भारतमा लगभग १३ वर्ष  निर्वासनमा बसेको । राजनीतिक आन्दोलनको क्रममा पटक-पटक गिरफ्तारी ।
  • विशेष रूची :- अध्ययन,  अनुसन्धान र संगीत ।
  • संस्थागत आबद्धता :- नेपाल बार एशोसिएसन, राष्ट्रिय मानव अधिकार संगठन, नेपाल कानून समाज।
  • email :- pushpa605@gmail.com
  • Contact no :- +977-9841255545
प्रतिनिधि सभा सदस्य , 2074