नाम: देवराज घिमिरे
उमेर: 68 बर्ष
बिस्तृत विवरण
 
विस्तृत विवरण
नामः                                           देवराज घिमिरे
ठेगानाः                                        अर्जुनधारा नगरपालिका वडा नं ६ झापा
जन्म स्थानः                                  सिरिजंघा गाउँपालिका वडा नं ३ सिकैचा ताप्लेजुङ
जन्म मितिः                                  २०१३ साल जेष्ठ १३ गते
पिता:                                          स्व. पदम प्रसाद घिमिरे
माता:                                          भिमकुमारी घिमिरे
बैवाहिक स्थितिः                            विवाहित
श्रीमती:                                       टिकादेवी बस्नेत घिमिरे
छोरा/ छोरी:                                 २(छोरा) जीवन घिमिरे र पवन घिमिरे
 
शैक्षिक विवरण
  • ताप्लेजुङको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण।
  • धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट  आई.ए.उत्तीर्ण ।
 
राजनीतिक पृष्ठभूमि तथा जिम्मेवारी:
  • झापा विद्रोहपछि वि.सं.२०३१ सालमा नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा।
  •  २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटीमा आवद्ध ।
  •  २०३३ भूमिगत ।
  • २०३५ साल भदौमा अखिल उक्त को–अर्डिनेशन कमिटीको सदस्यता प्राप्त ।
  • २०३५ पुष ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा (माले) बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक।
  • २०३५ पुषमा नै नेकपा (माले) को ताप्लेजुङ जिल्ला कमिटी सदस्य।
  • २०३८ सालमा नेकपा (माले) मेची क्षेत्रीय कमिटीको सदस्य।
  • २०३९ सालमा इलाम जिल्लाको पार्टी सचिव (प्रमुख)।
  • २०४९ सालमा नेकपा (माले) र नेकपा मार्क्सवादीको एकिकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य।
  • २०५० सालमा नेकपा (एमाले) को मेची अञ्चल इन्चार्ज (२०५८ साल सम्म)।
  • २०५८ सालमा नेकपा (एमाले)केन्द्रीय विभाग अन्तर्रगत स्वास्थ्य विभागको इन्चार्ज त्यसपछि इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्रध्यापक संघको इन्चार्ज ।
  • २०६५ सालमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सचिवालय सदस्य।
  • २०७२ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा अध्यक्षको सचिवालय प्रमुख।
  • २०७५ सालमा नेकपा प्रदेश १ को अध्यक्ष।
  •  २०७८ मा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनवाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज।
 
 संसदीय यात्रा
  • २०५६ सालमा राष्ट्रिय सभा सदस्य (२०५४-२०६०) सालको पदावधीमा पूर्वाञ्चल विकास क्षेत्रबाट निर्वाचित।
  • २०७९ मा प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं २।
  • २०७९ माघ ५ गते प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित।
प्रतिनिधि सभा सभामुख , 2079