यस समितिको सदस्य माननीय ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण ।

"प्रतिनिधि सभा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सदस्य, नेपाली काँग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सदस्य र २०७० सालको संविधान सभा निर्वाचनमा बाग्लुङ जिल्ला क्षेत्र नं. ३ बाट निर्वाचित सदस्य, सामाजिक एवं ग्रमीण विकासका कार्यमा सक्रिय, प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा मिति २०७७ साल असार १७ गते बुधबार बाँसवारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएकोमा उहाँको निधनप्रति यस समितिले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदनमा प्रकट गर्दछ ।"