सभामुखद्वारा स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा विज्ञ विशेषज्ञहरुसँग छलफल



सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सुरक्षितपूर्वक संघीय संसदको बैठक सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा  स्वास्थ्य क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गर्नु भयो ।

कोभिड १९ को दोस्रो लहरका कारण परिस्थिति जटिल बनिरहँदा आज नयाँबानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका सचिवहरु र सम्बन्धी कर्मचारीसहितको उपस्थितिमा भएको छलफलमा विज्ञ विशेषज्ञहरुले तोकिएका सबै मापदण्डा पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । 

उनीहरुले बैठक सञ्चालन गर्नु अघि सबै माननीय सांसहरुको पिसिआर विधिबाट स्वाब परिक्षण गर्न सुझाव दिए । एन नाइन्टीन मास्क प्रयोग गर्दा बढि सुरक्षित हुने, कोरोनाको दोस्रो लहरप्रति अझ बढि सतर्क हुनु पर्ने उनिहरुको सुझाव थियो ।

सभामुख सापकोटाले छलफलमा आएका सुझावका लागि धन्यवाद ज्ञापन गर्दै यसको निष्कर्ष कार्यव्यवस्था परामर्श समितिमा पेश गरिने बताउनु भयो  । 

सभामुख सहित विज्ञ विशेषज्ञ टोलीले नयाँ मापदण्ड अनुसारको बसाइ व्यबस्थापनको अवलोकन गर्नु भएको थियो ।

छलफलमा नेपाल मेडिकल काउन्सीलका अध्यक्ष प्रा. डा भगवान कोइराला,  डा. लोचन कार्की, डा सुरेश तिवारी, डा. अनुप सुवेदी, डा. अमृत पोख्रेल, डा. सागरकुमार राज भण्डारीलयायतको उपस्थिति रहेको थियो ।

२०७८ वैशाख २० नयाँ बानेश्वर