सिंहदरबारमा सरकारी खाता सन्चालन व्यवस्थित गर्न राष्ट्रिय वाणिज्य बैंकसंग छलफल


सिंहदरबारमा सरकारी खाता सन्चालन व्यवस्थित गर्न राष्ट्रिय वाणिज्य बैंकसंग छलफल
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित सबै कार्यालयहरूको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा संचालन गर्ने सन्दर्भमा बैंकका सी. ई. ओ. लगायतका पदाधिकारी तथा सचिवालयका पदाधिकारीसंग खाता संचालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउने विषयमा छलफल गर्नु भएको छ।
उक्त अवसरमा सभामुखले लामो समय देखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंक मार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरि विश्वास जित्नुपर्ने बताउनु भयो ।
उक्त छलफलमा बैंकका सी. ई. ओ. किरण कुमार श्रेष्ठले देशभर सात वटै प्रदेश ७७ जिल्लामा २७४ शाखा संचालन भै रहेको, २५० अरब भन्दा बढी डिपोजिट रहेको र १८० अरब भन्दा बढी क्रेडिट रहेको अग्रणी बैंक भएको, बैंकिग सेवाका सबै सेवाहरू बैंकले प्रदान गरी रहेको र सरकारको निर्णयलाई अवसरको रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंक भन्दा राम्रो सेवा दिने प्रतिवद्दता व्यक्त गर्नुभयो |
२०७८ श्रावण १७