सभामुखद्वारा ध्यानाकर्षण


सभामुखद्वारा ध्यानाकर्षण 

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेपालबाट भारत जाने क्रममा महाकाली नदी तुइनबाट पार गर्दा खसेर बेपत्ता हुनुभएका दार्चुलाका जयसिंह धामीको विषयमा मेरो पनि गम्भिर ध्यानाकर्षण भएको छ भन्नुहुँदै उक्त घटनाको सत्य तथ्य पत्ता लगाई विस्तृत विवरण सहितको जानकारी यथाशक्य छिटो प्रतिनिधि सभालाई गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भयो । 
२०७८ साउन २६ गते