ग्याल्पो ल्होसारको अवसरमा सभामुखज्यूको शुभकामना सन्देश २०७८ फागुन १९


शुभकामना
हिमाली आदिवासी शेर्पा समुदायको नयाँ बर्ष २१४९ औं ग्याल्पो ल्होसारको अवसरमा सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
शेर्पा र सांस्कृतिक रुपमा घुलमिल भएका हिमाली समुदायले मनाउने यो ग्याल्पो ल्होसारसँगै आजदेखि नयाँ (बाघ) बर्ष सुरु भएको छ । ग्याल्पो ल्होसारलाई नयाँ बर्षको सुरुवात र महत्वपूर्ण पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक, खाप्से लगायतका परिकार खाएर हर्षोल्लासपूर्वक मनाइने यस पर्वले शेर्पा जातिको विशेषता र पहिचान झल्काउँछ ।
संस्कृति, परम्परा र मान्यताहरुलाई अनुसरण गर्दै मनाइने ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरुले पारिवारिक अन्तरघुलन, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पु¥याउँदै आएका छन् । हामीले मनाउने मौलिक चाड पर्वहरुले हाम्रा विविधतालाई जीवित बनाइराख्न मद्दत पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा, ग्याल्पो ल्होसारले हामीबीच निकटता, सम्मान भाव एवं मजबुत राष्ट्रिय एकताका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
२०७८।११।१९  
                                                                        अग्निप्रसाद सापकोटा