प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता २०७९ जेठ २२


प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।
यसैगरि उहाँहरुबीच नागरिकतालगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ । २०७९ जेठ २२