सम्माननीय सभामुखले प्रस्ताव गर्नु भई सर्वसहमतीले पारित भएको विशेष प्रस्ताव २०७९ जेठ ३०


 
आजको प्रतिनिधि सभा बैठकमा सम्माननीय सभामुखज्यूले प्रस्ताव गर्नु भई सर्वसम्मतिले पारित भएको विशेष प्रस्ताव
………………………………………………………………………….
"माननीय श्री विशाल भटृराई समेतले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गर्नुभएको अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावको सूचना सभाको आजको बैठकको कार्यसूचीमा परी छलफल भयो । यस विषयमा ४ ८ जना माननीय सदस्यहरुले राख्नु भएको विचार र माननीय कृषि तथा पशुपन्क्षी विकास मन्त्रिले दिनु भएको जवाफ समेतका पृष्ठभूमिमा यस विषयमा समान किसिमको धारणा आएकोले देहाय बमोजिमको विषेश प्रस्ताव सभाको सहमतीको लागि प्रस्तुत गर्दछु" :
बिशेष प्रस्ताव
“रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।”
२०७९ जेठ ३० गते