समझदारी पत्रमा हस्ताक्षर


समझदारी पत्रमा हस्ताक्षर

नेपालको संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (Global Council for Tolerance and Peace) जिसिटिपि बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जिसिटिपिका अध्यक्ष अहमद अल जरवान, माननीय सदस्यहरु र प्रतिनिधि मण्डलका सदस्यहरुको उपस्थितिमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जिटिसिपिका प्रतिनिधि जोरान इल्लियोभोस्कीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो। समझदारी पत्रमा विश्व शान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश छन् ।
 
यस अघि आज विहान ११ बजे नेपाल भ्रमणमा रहेको ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (Global Council for Tolerance and Peace ) जिसिटिपिको १३ सदस्यीय प्रतिनिधि मण्डलले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेको थियो ।
२०७९ भदौ ६