सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीद्वारा बिदाइ भेट


 
सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीद्वारा बिदाइ भेट
२२ असोज, काठमाडौं
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नु भएको छ ।
राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नु भएको हो ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गर्नु भएकोमा
बधाईदिनु भयो ।
 
सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गर्नु भयो ।
२०७९ असोज २२, लैनचौर